घरायसी बिषयमा विवाद हुँदा उनकै दाइ ३४ वर्षीय टोप बहादुर ठाडामगरले टाउकोमा ढुंगाले प्रहार गर्दा गम्भीर घाइते भएका बमबहादुरको देउती नर्सिङहोम सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय लेकबेशी र ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले टोप बहादुरलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।