
राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार दिएका डा खिमलाल देवकोटा विजयी भएपछी नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ट्विट गर्दै दुध ख्वाएर पालेका साँपले डसेका हुन भन्नुभएको छ ।
आज भएको मतदानमा डा देवकोटाले पाँच हजार ८८ प्राप्त गरी एमालेका रामबहादुर थापालाई गराउनु भएको थियो । थापाले चार हजार १४ मतभार प्राप्त गर्नुभएको थियो ।
देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहले समर्थन गरेको थियो ।








