काभ्रेपलाञ्चोक जिल्ला स्थित राजमार्ग भएर चल्ने बिभिन्न किसिमका सवारी साधनहरुले जडान गरेको हर्न भन्दा बढी आफुखुसी प्रेसर हर्न जडान गरी राजमार्जमा र सहरी क्षेत्र, विद्यायल क्षेत्र, अस्पताल लगायतका क्षेत्रहरुमा अनावश्यक रुपमा पेसर हर्न बजाई ध्वनि प्रदुषण गरेको भन्ने नागरिकहरुको गुनासोलाई सम्बोधन गर्ने क्रममाा प्रहरीले १९४ वटा टिपरमा राखिएको प्रेसर हर्न हटाएको छ ।करिब चार दिनकोे समयमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक तथा मातहत प्रहरी कार्यालयहरु र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले उक्त गतिविधिलाई नियत्रण एवं कारवाहीको लागि अभियान चलाई चेकजाँच एवं नियन्त्रण÷ कारवाहीमा प्रेसर र्हन नियन्त्रण १९४ वटा टिपर, ओभरलोड कारवाही÷ कटिङ्ग –१५९ वटा टिपर, डिउटीमा खटिएका प्रहरी कर्मचारीहरुसंग बादबिवाद÷ कानुन कार्यान्वयनमा बाँधा पु¥याउन खोज्ने ६ जनाटिपर चालकहरुलाई कानुन बमोजिम पक्राउ गरी कानुनी दायरामा ल्याएको जनाएको छ ।

त्यस्तै, सवारी ईजाजत अनुमती पत्र साथमा नभएको २५ मा ४३ हजार पाँच सय राजस्व संकलन गरेको छ भने ओभरलोड कारवाही ३९ बटा टिपरबाट. ५८ हजार र सिटबेल्ट, हेल्मेट प्रयोग नगरेको ३८ वटा सवारीबाट १७ हजार पाँच सय, कागजपत्र साथमा नभएको ५६ वटा सवारीबाट ८० हजार , सवारी चालक अनुमती पत्र साथमा नभएको ४८ सवारी साधनबाट ५५ हजार, सवारीको अवस्था ठिक नभएको २८ सवारी साधनबाट ३२ हजार, छतमा लजेन राखेको १२ वटा सवारीकाट १२ हजार पाँच सय, प्रयोजन विपरित ६ सवारी साधनबाट छ हजार, सिट क्षमताभन्दा धेरै यात्रु राखेरका ३५ सवारी साधनबाट ४३ हजार पाँच सय र अरु ७१ वटा सवारी साधनबनट ८५ हजार पाँच सय गरेर तीन लाख ६३ हजार पाँच सय राजस्व संकलन गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।