काभ्रेमा ४० जनाको राष्ट्रिय सीप परीक्षण


नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, व्यवसायिक शिक्षा तथा तालिम अभिबृद्धि (इभेन्ट) परियोजना अन्तर्गत अक्सफोर्ड एडभान्स इञ्जिनियरिङ्ग कलेजद्वारा काभ्रेको धुलिखेल वडा नं.७ स्थित उद्योग वाणिज्य संघको हलमा संचालित ३ महिने निशुल्क सूचिकार तालिमका २० जना सहभागिहरुका लागि २०७७ चैत्र ८ गतेका दिन सि.टि.ई.भि.टि. को राष्ट्रिय सीप परिक्षण समिति बाट खटिइ आउनु भएका धनेश्वरी बासुकला र समिक्षा शाह पौडेलले र पाँचखाल वडा नं.१२ तिनघरेमा संचालित ३ महिने निशुल्क वेमौसमि तरकारी उत्पादन तालिमका २० जना सहभागिहरुका लागि २०७७ चैत्र १० गतेका दिन सि.टि.ई.भि.टि. को राष्ट्रिय सीप परिक्षण समिति बाट खटिइ आउनु भएका प्रविन सापकोटा र रामकृष्ण ढकालले सीप परिक्षण गर्नु भएको थियो भने केन्द्राध्यक्षमा अर्जुन प्रसाद सापकोटा हुनुहुन्थ्यो ।
सीप परिक्षणमा पास भएमा पशिक्षार्थि सहभागिहरुले सि.टि.ई.भि..टि.को तह—१,को प्रमाण पत्र पाउनेछन् । वेरोजगार युवाहरुलाई रोजगारमूलक सीपमूलक तालिम दिएर सीप र ज्ञान दिई दक्ष प्राविधिक वनाई रोजगारमा लगाउने यस परियोजनाको उद्देश्यअनुरुप अव ४० जना नै सहभागिहरु रोजगारमा लागि कम्तिमा पनि मासिक रु.१००००÷— दस हजार कमाउने अपेक्षा गरिएको तालिम संयोजक अर्जुन प्रसाद सापकोटाले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्