सहकारी अवधारणा, विकास र प्रवद्र्धन तालिम


 

चौंरीदेउराली, चौंरीदेउराली गाउँपालिकास्तरीय सहकारी समन्वय समितिको आयोजना तथा चौंरीदेउराली गाउँपालकाको सहयोगमा शनिबार सहकारी अवधारणा, विकास प्रवद्र्धन तालिम सम्पन्न भएको छ ।
पालिका उपाध्यक्ष ताराकुमारी चौलागाँईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको तालिममा केन्द्रिय बीउ तरकारी तथा फलफुल उत्पादक सहकारी संघ लि का अध्यक्ष विनोद पराजुली, जिल्ला सहकारी संघ लि.का अध्यक्ष दिलिप शर्माको उपस्थिती रहेको हो । पालिकास्तरीय सहकारी समन्वय समितिका संयोजक चित्रप्रसाद चौंलागाँईको सभापतित्वमा भएको कार्यक्रममा ५० जना भन्दा बढी विभिन्न सहकारी संस्थाहरुका अध्यक्ष तथा प्रतिनीधिहरुको उपस्थिती रहेको थियो । एक दिवसीय कार्यक्रममा सहकारीको ईतिहास, परिचय, सञ्चालन, व्यवस्थापन, कानूनी विषय, सञ्चालक समितिको भूमिका, कर्मचारीको भूमिका, एकिकरण अभियान, सहकारी संस्थाहरुको समस्या, समाधानका उपायहरुका बारेमा अन्र्तक्रिया सहित यसको विकास र प्रवद्र्धनका बारेमा संघका अध्यक्ष दिलिप शर्मा र विनोद पराजुलीले सहजिकरण गर्नुभएको हो ।
चौरीदेउराली गाउँपालिकाको सहयोगमा सञ्चालित उक्त कार्यक्रममा बोल्दै उपाध्यक्ष ताराकुमारी चौलागाँईले पालिका भित्र रहेका ६३ भन्दा बढी सहकारीहरुको प्रवद्र्धन गर्नका लागि आफु निर्बाचित भएर आए देखि नै निरन्तर यस क्षेत्रमा आवश्यक कार्यहरु गर्दैै आइरहेको र आगामी दिनहरुमा पनि यस्तै खालका सहयोग गर्दै जाने र पालिकाले स्थानीय किसानहरुका लागि राशायनिक मल व्यवस्थापन गर्दै किसानहरुका लागि मल ढुवानीमा १० लाख भन्दा बढी रकम विनियोन गर्दै काम गर्दै अगाडि बढ्दै आइरहेको जानकारी समेत गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्