जुनि र स्मारिकाको सम्झनामा स्मृति ग्रन्थ


पनौती, गत बर्ष २०७६ चैत्र ३ गते टिपरको ठक्करबाट ज्यान गुमाएकी जुनी माया गोले र उनकी छोरी स्मारिका भोलनको वार्षिक स्मृतिमा जुनी एण्ड स्मारिका क्रियसन प्रा.लि.ले स्मृति ग्रन्थ प्रकाशन गरी बिमोचन गरेको छ ।
पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, माओवादी केन्द्रका जिल्ला नेता इन्द्रबहादुर थिङ, पेमा लामा लगाएतले स्मृति ग्रन्थको सार्वजनिक गर्नुभएको थियो । स्मृति ग्रन्थमा सडक दुर्घटना न्युनिकरणमा खेल्नुपर्नै भुमिका, मृतक जुनिमायाँ र स्मारिकाको सम्झना गरिएको छ । खानीखोला गाँउपालिका वडा न १ घर रहेकी जुनिमायाँ र स्मारिकाको टिपर ठक्करबाट २०७६ चैत्र ३ गते पनौती बसपार्कमा मृत्यु भएको थियो ।

कार्यक्रममा अध्यक्ष मोतीराम तिमल्सिनाले त्यस वेलाको दुर्घटनाले जिल्लामा संवदेनशिल बनाएको र टिपर दुर्घटनामा न्युकिरण भएको बताउनुभयो । जुनी स्मारिका क्रियसन प्र.लि..का अध्यक्ष इन्द्रबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रमा माओवादी केन्द्रका जिल्ला नेता इन्द्रबहादुर थिङ, जिल्ला सदस्य मर्दनसिं तामाङ, मृतक जुनुमायाका काका रहरसिं गोले लगायतले बोलेका थिए । –नव क्षितिज साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्