आरम्भ चौतारीले दियो नेतृत्व विकास तालिम


बनेपा, लामो समयदेखि वित्तीय क्षेत्रमा क्रियासिल आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेतृत्व विकास तालिम सम्पन्न गरेको छ ।
तालिममा वित्तीय संस्थाका विभागीय प्रमुखहरु, अनुगमन अधिकृतहरु, प्रदेश प्रमुख लगायत केन्द्रीय कार्यालय र प्रदेश कार्यालयका कर्मचारीहरु, देउराली लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सहित विभागीय प्रमुख, वि.पि.डव्लु लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत समेत गरी ३५ जनाको सहभागीता रहेको थियो ।
संस्थाका नायब कार्यकारी अधिकृत किरण काफ्लेले नेपालमा लघुवित्त संस्थाहरुले विपन्न वर्गलाई प्रभावकारी रुपमा सेवा प्रदान गरिरहेको र ग्राहकहरुलाई सेवाप्रदानगर्ने क्रममा लघुवित्त संस्थाहरु वीचमा अत्यधिक प्रतिष्पर्धा रहेको बताएका थिए । सञ्चालक समितिका अध्यक्ष जगत वहादुर पोखरेलले नेपालको विपन्नवर्गको आर्थिक सम्बृद्धिको महान अभियानको रुपमा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था अगाडी वढीरहेको बताउनु भयो ।
तालिम कार्यक्रमको उदघाटन सत्रमा संस्थाका सञ्चालक सन्तोष कुमार पोखरेलले संस्थाले संचालन गरेको तालिमको लागि सफलताको शुभकामना दिएका थिए । संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरे, चाटर्ड एकाउन्टेट दुर्गा प्रसाद ज्ञवाली, नेपालका लघुवित्त क्षेत्रका विज्ञहरु स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाका पूर्व प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका पूर्व प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्की, फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका पूर्व प्रमुख कार्यकारी अधिकृत भेषराजपन्थी, सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, मिलन गुरुङ्ग, पोखरा विश्वविद्यालयका प्राध्यापक सन्तोष पोखरेल, नापी विज्ञ लेखनाथ दाहालले तालिम प्रदान गर्नु भएको थियो । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले हालसम्म सातवटै प्रदेशका ५२ जिल्लामा १ सय ३३ वटा शाखा कार्यालय विस्तार गरी ७५ हजार ५ सय ४० हजार सदस्यहरूलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्