प्रधानमन्त्री ओलीले रचना गरेको ‘स्वदेशमै रोजगारी’ बोलको गीतका लागि राजधानीमा आयोजित एक कार्यक्रममा उत्कृष्ट गीतकारको प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।
प्रधानमन्त्री निवास बलुवाटार पुगेर चलचित्रकर्मी मनोज भेटवाल, निर्देशक विश्वदीप घिमिरे र वरिष्ठ चलचित्रकर्मी लेखक, निर्देशक मोहन निरौलाले प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
प्रधानमन्त्री ओलीको रचना, किरण क्रियशनको प्रस्तुति, युवानेता रमेश पौडेलको संयोजनमा तयार गरिएको उक्त गिती एल्बममा मेलिना राई र शान्तिराम राईको स्वर तथा संगीत रहेको छ ।








