काभ्रेको पनौति नगरपालिकामा १२ वर्षमा लाग्ने मकर मेला आउँदो २०७८ साल माघ महिनाभरी लाग्दै छ । सचितिर्थमा स्नान गरि इन्द्रेश्वर महादेवको दर्शन गरेपछि पाप मोचन हुन्छ भन्ने विश्वासका साथ देशभरबाट लाखौ भत्तजनहरु यो मकरमेलामा तिर्थ आउने गर्छन ।
धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा अब १० महिना पछि १२ वर्षे मकर मेला लाग्दै छ । स्वर्गका राजा ईन्द्रको पाप मोचन भएको पवित्र तिर्थस्थल पनौतिको त्रिवेणी घाटमा मकर मेलामा लाखौ भत्तजनहरु आउने गर्छन । त्रिवेणी घाटमा स्नान गरि इन्द्रेश्वर महादेवको दर्शन गरे पाप मोचन हुने विश्वासका साथ मकरमेलामा देशभरबाट भत्तजनहरु आउने भएकाले पनौति नगरपालिकाले यो तिर्थस्थललाई व्यवस्थित बनाउन ध्यान दिनु पर्ने देखिन्छ ।
पनौति नगरपालिकाले के कस्ता गतिबिधि गदै आएको छ, यस बारे पनौति नगरपालिकाका प्रमुख भिम न्यौपाने यस्तो भन्नु हुन्छ हामीले यसको लागी बजेट नै छुटएर काम सुरु गरिसकेका छौ । सवारी चाप लाई ध्यानमा राखेर बैकल्पिक बाटोको निमार्ण भैरहेको छ भुकम्पले भत्काएका मन्दिर निमार्ण कार्य जारी छ, पुल निमार्ण र मन्दिर सरसफाइको काम पनि भैरहेको जानकारी दिनु भयो ।
पनौतिको तिर्थस्थलको बार मन्दिरका पुजारी शिव प्रसाद जंगम भन्छन– मिथला देश (जनकपुर) मा गौतम ऋषिको पत्नी अहिल्यालाई स्वर्गका राज ईन्द्रले छल गरि यौन शोषण गरेपछि गौतम ऋषिको श्रापबाट उत्पन्न शरिर भरिको योनि हटाउन स्वर्गका राजा इन्द्र पनौतिको त्रिवेणी तिर्थ आएका थिए। पापबाट मोक्ष पाएर खुशि भएका इन्द्रले नै बनाइदिएको भएर यहाँको मन्दिरको नाम पनि इन्द्रेश्वर महादेव रहेको भनाइ छ । यहाँ आएर ध्यान गरे जो केहीको इक्षा चाहाना पुरा हुने पुजारी बताउछन्पनौति नगरपालिकाले पनि आफ्नो गतिबिधि सुरु गरेको छ, पनौति युवा मञ्चका हामी युवाहरु पनि १२ वर्षमा लाग्ने मकर मेलालाई सफल बनाउन लागी परिरहेका छौ नगरपलिका, बिभिन्न संघ सस्थाहरु लाई यस कार्यमा सघाउन गतिबिधि सुरु गर्न अनुरोध गरेका छौ, बाटो, पुल, मन्दिर निमार्णको कार्य सुरु भएको पनौति युवा मञ्चका अध्यक्ष सौगात बस्नेतले जानकारी दिए । यसमा हामी युवाहरुले पनि सहयोग गरेका छौ मकर मेला भब्य रुपमा सफल बनाउने हाम्रो पनि योजना छ ।
देवताहरुको समेत पवित्र तिर्थ स्थल रहेको पनौतीको त्रिवेणी घाटमा स्वर्गका राज इन्द्रले समेत १२ दिन तपस्या गरि पाप मोचन गरेको पौराणिक ग्रन्थहरुमा उल्लेख छ । रोशीबाट आउने लिलावती, बनेपातिरबाट आउने मद्मावती (पुण्यमति) र ब्रम्हायणी मन्दिर मुनिबाट आउने रुद्रवती तिन नदि मिलेर त्रिवेणी बनेको पौराणिक कथन छ ।
फोटो साभार








