अरबिन्द्र गौतम, काभ्रे
क्रसरवालाको दादागिरीले काभ्रेको एक वस्ती नै जोखिममा परेको छ । मापदण्डलाई वास्तै नगरी सन्चलन भएको काभ्रेको बेथान्चोक गाउँपालिका–४ स्थित चलाल गणेशस्थान र एस.एस रोडा ढुंगा उद्योग प्रा.लिका कारण स्थानीय सास्ती खेप्न बाध्य भएका हुन् । नजिकै रहेको रोडा ढुंगा खानी र दैनिक एक सय भन्दा बढी टिपर ओहोर दोहोर गर्दा प्रदुषण बढेको छ । सरकारी जग्गा र स्थानियहरुको जग्गा अतिक्रमण गरेर क्रसर तथा तथा ढुङ्गा खानाी संचालन गरेको स्थानियहरुले बताएका छन् ।
क्रसर व्यावसायीहरुले हाम्रो कुरा कहि कतै गरेमा र आवाज उठाएमा ज्यानै मार्ने धम्कि दिएको स्थानिय पुर्ण लामाले बताएका छन । उनले भने खानेपानीका मुहान सुक्दै गएको, पानी नै पिउन अयोग्य हुनुका साथै कृषिजन्य उत्पादनमा पनि कमी आएको बताए ।
कृषि उत्पादन हुने जमिन ,वनजगल विनास हुनुको साथै कृषकहरुलाई हरेको किसिमका कृषिकार्य गर्न बाट बञ्चित हुनु परेको र जीविकोपार्जन गर्न नै कठिन भएको स्थानिय मखमली लामा बताइन् । प्रशासन बेला बेला आए पनि हाम्रो कुरा नै सुन्दैन, क्रसर खानीमा आउँछ जान्छ । स्थानियहरु लाई के कस्तो छ भनेर कहिले बुझने गरेको छैन् ।
जग्गा अतिक्रमण, सरकारी जग्गाको उत्खन्न, क्रसर तथा खानीले गर्दा खानेपानीको समस्या, कृषिजन्य उत्पादनमा समस्या भएकोले बेचानचोक गाउँपालिकाको अध्क्षय लाई क्रसर खानीको बारेमा उजुरी दिएको स्थानिय जित बहादुर तामाङले बताए । यसरी उजुरी दिदा पनि गाँउपालिकाले खासै चासो नदिएकोले निकै पिडामा परेका भन्दै दुखेसो पोखे ।
खानीको मापदण्ड, सरकारी जग्गा अतिक्रमण र स्थानीयको गुनासो लगायतका विषयमा काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलसँग सोध्दा गाउँपालिकासँग वुझ्नुस भन्दै पन्छिए ।
उता, गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिना भने खानीवालाले शक्तिको आडमा माथिदेखी नै सेटिङ गरेका कारण काम गर्न समस्या परेको बताउँछन ।
बनेपा, पनौती बेथानचोक सडक खण्ड निकै साँधुरो र टिफरहरु गुढने भएकोले धेरै जस्तो दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख बिशाल तामाङले बताए । उनले भने साउन महिना देखी अहिले सम्मको रेकर्डमा ४ गम्भीर प्रकृतिको, ३३ सामान्य, जसमा एक जनाको मृत्यु , १३ सामान्य घाइते भएका छन यो अवस्थालाई र्हर्ने हो भने सडकको सुधार गर्नु पर्ने देखिन्छ ।
टिफरहर धेरै गुढने भएकोले बच्चाहरुलाई स्कुल जान आउन धेरै समस्या, स्कुल गएका बच्चाहरु आउँछन् आउँदैन्न भनेर हेरेर बस्नु पर्ने हुन्छ अर्का स्थानिय जगत तामाङले बताए ।
टिफर धेरे गुढेर प्रदुषण हुनुको साथै राति बाटो खाली हुदाँ हाक्ने हुनाले सुत्न निकै समस्या परेको स्थानिय सडक उपभोक्ता सिताराम प्रसाद दाहालले बताए ।
टिफरहरु धेरै गुढेर घर भित्र चार अमल भन्दा धेरै धुलो पस्ने गरेको अर्का स्थानिय सडक उपभोक्त तेज प्रसाद दाहालले बताए ।
काभ्रेमा घरेलु तथा साना उद्योगमा हालसम्म ३३ वटा क्रसर तथा ढुंगा खानी दर्ता भएका छन् । यद्यपी दर्ता भएका अधिकांस उद्योगले मापदण्ड पालना गरेका छैनन् भने कतिपय क्रसर तथा ढुंगा खानी प्रशासनको आँखा छल्दै लुकीछिपि संन्चालन भइरहेका छन् ।
तिव्र दवाव आएपछि जिल्ला समन्वय समिति अन्तर्गतको अनुगमन समितिले बेलाबेलामा अनुगमन गर्ने गरेको छ तर झारा टार्नका लागि मात्रै गरिएको अनुगमनले कुनै समाधान नदिएको स्थानीयको गुनासो छ ।








