बनेपा – काभ्रेमा नेकपा एमालेकाे कार्यालय पुन:स्थापना गरिएकाे छ । सर्वोच्च अदालतको फैसलापछि सोमबार ओली पक्षका नेता-कार्यकर्ताले विघटित नेकपा एमालेकाे कार्यालय पुन:स्थापना गरेका हुन् । ओली पक्षका कार्यकर्ताले पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखेका छन् ।

एमालेका नेता तथा कर्याकर्ताको नेतृत्वमा बोर्ड र चुनाव चिह्न सूर्य अंकित झन्डा राखिएको हो।