काभ्रे उद्योग बाणिज्य संघको ४१औँ साधारणसभाको चुनाबी निर्वाचनबाट अध्यक्षमा राजेन्द्र पसछें लगायतको टोली विजयी भएको छ । पसछेंले निकटतम प्रतिद्वन्दी बसन्त नारायण भोछिभोयालाई एक सय एकको मतान्तरले पछि पार्दै विजयी भएका हुन् । पसछेंले ५४० ल्याउँदा भोछिभोयाले ४३९ मत प्राप्त गरेका थिए । यस्तै टोलीमा वरिष्ठ उपाध्यक्ष प्रताप वैद्य निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, उपाध्यक्ष पदमा तीन जनाको उम्मेद्वारी परेकोमा स्वयम्भुरा शाक्यले ५ सय २ मत मात्रै प्राप्त गरि पराजय भए भने उनका निकटतम प्रतिद्वन्दीहरु ग्रोवेन तौजलेले ६ सय २ र कैलाश पलाञ्चोकले ६९८ मत प्राप्त गरि विजयी भएका भएका छन् ।

यस्तै महासचिव पदको उम्मेद्वारमा रविन्द्र बैदारको ५९० मत प्राप्त गरि विजयी भएका छन् भने उनका निकट्त्तम प्रतिद्वन्दी विकाश शर्मा तिमल्सिनाले ३ सय ६४ मात्रै मत प्राप्त गरि पराजय भएका छन् । कोषाध्यक्ष पदमा रजीत पलाञ्चोकेले ५ सय ८६ मत ल्याई विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी कृष्णलाल श्रेष्ठले ३ सय ५७ मत मात्रै प्राप्त गरि पराजय भएका छन् ।

यस्तै सहसचिव पदमा विज्ञान घौगोडाले ४ सय ७१ मत प्राप्त गरि पराजयी भए भने हरि प्रसाद कर्माचार्यले ४ सय ९३ मत प्राप्त गरि सो पदमा विजयी भएका छन् । यस्तै सह कोषाध्यक्ष पदमा ६ सय ७ मत ल्याई सुविन्द्र राजभण्डारी विजयी भए भने उनको प्रतिष्पर्धीमा रहेका भिमप्रसाद ढकालले ३ सय ४९ मत मात्रै प्राप्त गरि पराजय भएका छन् ।

यस्तै सह मुख्य संयोजक पदमा रुसन श्रेष्ठले ५ सय ५३ मत ल्याई विजयी भए भने उनका प्रतिष्पधी बोधनाथ बज्रगाइंले ३ सय ९९ मत प्राप्त गरि पराजयी भए का थिए भने १० सदस्य पदका लागि १२ जना उम्मेद्वारको उम्मेद्वारी परेकोमा मानकाजी प्रधान ८३९ , राम कुमार श्रेष्ठ (बि) ८३०, अमरनाथ बादे श्रेष्ठ ८४०, भिम प्रसाद आचार्य ६४८, राम कुमार श्रेष्ठ (ए) ७९०, उमेश रत्न शाक्य ८५६, दमन कुमार श्रेष्ठ ८०२, रवि तौजले ६८०, राहित कमार श्रेष्ठ ७२७, श्याम कुमार भालु मुनाल ७१८ विजयी भए भने २ सदस्यहरु मणी कुमार तुम्रुक ६२१ र पुरुषोत्वम मानन्धर (मन्त्री) ६१२ मत ल्याई पराजित भएका थिए ।

शनिवार भएको निर्वाचनमा ११९५ मतदाता रहेका थिए भने ९९८ मत खसेकोमा १८ मत बदर भएको निर्वाचन समितिका संयोजक लक्ष्मीलाल राजभण्डारीले आइतबार नतिजा सार्वजानिक गर्दै बताएका छन् ।

उनले वरिष्ठ उपाध्यक्षमा प्रता वैद्य, राजेश कुमार श्रेष्ठ, मुख्य संयोजक, यश कुमार रंजित सचिव,इन्द्रलक्ष्मी श्रेष्ठ सदस्य, कुमुदा वैद्य महिला सदस्य,बिकास कुमार श्रेष्ठ दाप्चा क्षेत्रगत, सुरेन्द्र सुद्विकार बनेपा २ क्षेत्रगत, सुमन चौप्रधान बनेपा १ क्षेत्रगत, साजन शाक्य एशोसिएट पदमा ९ जना निर्विरोध निर्वाचित भएको पनि बताएका छन् ।