हुलाकमा चिठ्ठीपत्र होइन सामान आउँछ् ; काभ्रेका प्रमुख हुलाक अधिकृत पदमबहादुर खत्री


अरबिन्द्र गौतम, काभ्रे
काभ्रेपलाञ्चोक, नेपालमा दिन प्रतिदिन नयाँ नयाँ प्रबिधिको प्रयोग बढदै गइरहेको छ । नयाँ प्रबिधिलाई सबैले जानी नजानी उपयोग गदै आएका छन् । प्रबिधिको प्रयोग बढेसँगै हुलाक कार्यालय लाई निकै सहज भएको छ । अहिलेको नयाँ पुस्ताहरुले त हामीलाई हुलाक चाहिन्छ र भन्न थालिसकेका छन । प्रिविधिको विकाश नहुँदा चिठ्ठीपत्र आदान प्रदानको काम गर्दै आएको हुलाक कार्यालय पछिल्लो समय सामान ओसारपसार गर्ने लागेको छ । प्रबिधिको प्रयोग मोबाईल, इन्टरनेट तथा सामाजिक सञ्जालहरुको विकाससँगै हुलाक बाट आदान प्रदान हुने चिठ्ठीपत्रको काम रोकिएको छ ।

सुचना आदानप्रदन गर्नेको लागी हुलाक बाट चिठ्ठीपत्र नै पठाउनु पर्ने हुन्थ्यो तर प्रविधिको विकासले गर्दा चिठ्ठीपत्र बाट हुने काम अहिले राकिएको जिल्ला हुलाक कार्यालय काभ्रेका प्रमुख हुलाक अधिकृत पदमबहादुर खत्रीले बताउनुभयो ।

उहाँले भन्नु भयो हामीलाई अहिले व्यक्तिगत चिठ्ठीपत्र खासै आउने गरेको छैन । कोरोनाको कारणले गर्दा पनि केही रोकिएको छ । अहिले हाम्रोमा सरकारी कार्यालयमा आउने चिठ्ठी, विश्वविद्यालय र होटल तथा रिसोर्टहरुको चिठ्ठीपत्र अन्य कार्यालय संस्थामाथिको उजुरी, मालपोत, प्रहरीकोमा दिने उजुरीहरु मात्रै आउने गरेको छ । पहिला विदेशबाट घर, परिवार तथा आफन्तका लागि चिठ्ठीपत्र पठाइथ्यो भने अहिले चिठ्ठीको सट्टामा मोबाइल, ल्यापटप, घडी , खेलकुद सामाग्री लगायतका सामानहरु आउने गरेको छ’ हुलाक अधिकृत खत्रीले जानकारी दिनु भयो । उहाँले भन्नु भयो विशेष गरी अमेरिका, जापान, कोरिया, अष्ट्रेलियालगायतका युरेपियन देशहरुबाट सामानहरु आउने गरेको छ ।

हुलाकले चिठ्ठी आदानप्रदान मात्रै नभई अन्य थुप्रै कामहरु गदै आएको र अन्र्तराष्ट्रिय डाँक सेवा संचालन गरेको बताउनु भयो । अहिले भने कोरोना सङ्क्रमणका कारण अन्र्तराष्ट्रिय हवाई सेवा सुचारु नभएकोले जिल्लामा अन्र्तराष्ट्रिय डाँक सेवाका चिठ्ठीपत्र दर्ता नगरिएको जानकारी दिनु भयो ।

त्यसैगरी हुलाकले प्रेस पास, अनलाइन दर्ता, नविकरणको मध्यस्तता गर्नुको साथै लोक कल्याणकारी विज्ञापनको अनुगमन तथा सिफारिस गर्ने काम गर्दै आएको हुलाक अधिकृत खत्रीले बताउनुभयो । उहाँले आम जनतामा हुलाकको काम चिठ्ठीको काम मात्रै गर्ने भन्ने आम नागरिकमा सोच रहेको बताउनुभयो । उहाँले हुलाकले पछिल्लो समय धेरै कामहरु गरेको बताउनुभयो । काभ्रेमा जिल्ला हुलाक एक, ईलाका हुलाक १२ र अत्तिरिक्त हुलाक ६९ वटा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्