सिनेमा क्षेत्रमा लागेर सुख भन्दा दुख बढि भोगे ; सिनेमा बितरक दुर्गालाल प्रधान


काभ्रेपलाञ्चोक, विश्वमा कोरोना भाइरसले सबै क्षेत्रमा नराम्रो असर गर्यो । सबै भन्दा बढि मारमा नेपाली फिल्म क्षेत्र पर्यो । २०४२ साल देखि बागबजार स्थित ‘स्ट्यान्डर टेलर’ सञ्चालनमा ल्याएका दुर्गालाल प्रधान बनेपा स्थित ‘शुभकामना हलका संचालक हुन् । कोरोना भाइरसले नेपाली फिल्मी क्षेत्रलाई नराम्रो असर पारेको उल्लेख गर्दै उनले ११ महिना भन्दा बढि हल बन्द गर्नुपर्दा फिल्म व्यावसायीलाई निकै मार परेको बताए । सिनेमामा दुख हुने भएपनि कोरोना कहर हट्ना साथ सिनेमा निर्माण गर्ने सोचमा रहेका दुर्गालाल प्रधानले बताए । पहिले कपडा ब्यवसायिको रुपमा आफ्नो परिचय बनाएका दुर्गालाल प्रधानको अर्को परिचय हो सिनेमा बितरक, प्रदर्शक । सिनेमा क्षेत्रमा आफु जोडिए पनि ती काम नामको लागि मात्र भएको र घर, परिवार भने कपडा व्यवसायबाटै चलिरहेकोे उनको भनाई छ । सिनेमा क्षेत्रमा लागेर सुख भन्दा दुख बढि भोगेका सिनेमा बितरक प्रधान कुनै समय हाईभिजन हलका एकछत्र बितरक मानिन्थ्ये । सिनेमा बितरक दुर्गालाल प्रधानले भने,–‘अब अत्याधुनिक प्रविधिको प्रयोगसँगै पुर्णरुपमा एसी, डल्बी साउण्ड सिस्टम र अत्याधुनिक सिटसहित मल्टिप्लेक्सको सुविधामा शुभकामना हल पुन संचालन भएको छ । जिल्लाको व्यापारिक शहर बनेपामा रहेको शुभकामना हल माघ १ गतेबाट संचालनमा आएसँगै चलचित्रकर्मीहरुले केही राहत महसुश गरेका छन् । साथै नेपाली चलचित्रलाई माया गर्ने र मन पराउने दर्शकहरुमा पनि हल संचालनमा आएसँगै नयाँ तरंग पैदा भएको छ । नेपाली चलचित्रलाई नै व्यवसयाको रुपमा संचालन गर्ने उद्देश्यसाथ शुभकामना सिनेमा हल संचालनमा ल्याएका दुर्गालाल प्रधानले घर बनाउनको लागि तयार पारिएको नक्सालाई परिवर्तन गरी सिनेमा हल बनाएका थिए । प्रस्तुत छ नव क्षितिज सापताहिकको लागी अरबिन्द्र गौतमले व्यावसायी दुर्गालाल प्रधानसँग गरेको बिशेष कुराकानी


० आज भोली कता तिर व्यस्त हुनुहुन्छ ?
बनेपामा रहेको शुभकामना हल कोरोनाको प्रभावले गर्दा राम्रो सँग चल्न सकिरहेको छैन । त्यसैले म अहिले बागबजार स्थित ‘स्ट्यान्डर टेलर’ मा नै छु । खासै बिजी छैन । हल चलेको भए अल्लि व्यस्त हुन्थे होला । हल राम्रो सँग नचलेको कारणले फुसर्द नै छ । फुसर्दको समयमा ‘स्ट्यान्डर टेलर’ तिर नै हुन्छु ।

० हल यति लामो समय बन्द गर्नु पर्यो कतिको समस्या परेको छ अब के गर्ने सोच गदै हुनुहुन्छ ?
कोरोना भाइरसले नेपाली फिल्मी क्षेत्रलाई नराम्रो असर पारेको छ । ११ महिना भन्दा बढि हल बन्द गर्नुपर्दा फिल्म व्यावसायीलाई निकै मार परेको छ । हलको भाडा, काम गर्ने मानिसहरु लाई तलब, बिजुली पानी सबैलाई बिना आम्दानी पैसा दिनु पर्दा अहिले सम्म निकै मारमा छौ । सबै क्षेत्र खुले पनि फिल्म क्षेत्र अहिले सम्म राम्रो सँग खोलेको छैन । अब छिटै हाम्रो लागी पनि केही राम्रो होला कि भन्ने आशामा छु ।

० सरकारले नेपाली फिल्म क्षेत्रको लागी के कस्ता कार्य गदै आएको छ ?
अहिले खासै केही गरेको जस्तो देखिदैन । कोरोना भाइरसको कारण हामीले अहिले सम्म हल राम्रो सँग संचालन गर्न सकेका छैनौ । भर्खरै हल संचालन गर्न अनुमती दिएको छ । अब केही होला कि भन्ने आशामा छौ चलचित्र बिकास बार्ड मार्फत कोरोनाको समयमा हलका लागी भनेर माक्स, सेनिटाइजर र सुरक्षा सम्बन्धि सामाग्री दिने भनेर कुरा आएको छ । खासै केही गरेको छैन

० फिल्म सम्बन्धि काम गदै आएका संघ संस्था के भन्छन्
हामी लाई हलमा फिल्म चलाउनको लागी सहज वतावरण बनाउदै प्रचारप्रसार गरिरहेका छन् । उनीहरु हाम्रो लागी लागी परिरहेका छन् ।

० सिनेमा क्षेत्रमा कसरी प्रवेश गर्नु भो ?
मेरो सानो उमेर देखीको चाहाना रुचि नै फिल्म क्षेत्र थियो स्कुल पढ्दादेखि नै घरबाट भागेर सिनेमा हेर्न जान्थ्ये, बागबजारस्थित पसलमा बस्दा पनि सिनेमा हेर्न जाने गरेको थिए । सिनेमा प्रति मेरो छुटै आर्कषण थियो शुभकामना हलबाट चलचित्रको व्यापार सुरु गरेको मैले नेपाली चलचित्र क्षेत्रमा सफल चलचित्र प्रदर्शकका रुपमा सुरुवात देखिनै चिनिन्थे । नाम र पहिचानका लागि सिनेमा क्षेत्रमा हात हालेको भएतापनि मैले कपडाको व्यवसाय भने छोडेको छैन । घर बनाउनको लागि तयार पारिएको नक्सालाई परिवर्तन गरी सिनेमा हल बनाएको हुँ ।

० सुरुमा शुभकामना हल चलाउन कतिको गार्यो भयो ?
मेरो बुबा लाई अल्लि अल्लि र मलाई बाहेक घरपरिवारमा कसैलाई पनि सिनेमा प्रति रुचि थिएन, उहाँहरुलाई सम्झाई बुझाई गरेर ०५७,०५८ तिर बनेपामा ‘शुभकामना’ नामक हाइभिजन हल खोले । चलाउन सारै कठिन भयो । बिस्तारै हलबाट पनि केही कमाई हुन थालेपछि नचाहिने ठाउमा पैसा खर्च गर्यो भन्ने जुन परिवारिक गुनासो थियो बन्द भयो । तर आज भोलि फेरी हल र फिल्म क्षेत्रमा यसरी मार परेको छ । हामी पुरै घाटामा छौ ।


० यस क्षेत्रमा लागेर के पाउनु भयो ?
म आफ्नो र मेरो बुबाको नाम इज्जतको लागी यस क्षेत्रमा लागेको हो । समय परिस्थितिले हामीलाई धोका दियो त मेरो के को दोश । कसले सोचेको थियो त यस्तो हुन्छ भनेर हरेक समय यो क्षेत्र प्रभाबित बन्दै आएको छ । कहिले जनयुध्द, कहिले भुकम्प र पछिल्लो समय कोरोनाका कारण त नराम्ररी थला नै परेको छ । सिनेमासंग सम्बन्धित हजारौ कलाकार, प्राबिधिक ब्यरोजगारको अवस्थामा पुगेका छन् ।

० तपाई यस क्षेत्रमा नै किन लाग्नु भयो अरु व्यावसाय पनि गर्ने सकिन्थो ?
मेरो सानै देखिको चाहनाले गर्दा सिनेमा क्षेत्रमा लागेको हुँ । घर बनाउनको लागि तयार पारिएको नक्सालाई परिवर्तन गरी सिनेमा हल बनाएको थिए । सिनेमा किनेर प्रदर्शन गर्ने काम भनेको जुवा खेल्नु जस्तै हो, नाफा, घाटा जे हुन नि सक्छ । सुरुमा लगानी नगरी निर्माताले सिनेमा दिदैनन्, लगानी गर्नै पर्यो । अलिअलि लगानी डुबेपछि यसबाट उठ्छकी आर्कोबाट उठ्छ, भन्दा भन्दै समय वितेको पत्तैनहुनी भएकोले यस क्षेत्रमा नै छु ।

० भावि योजना के छ त ?
सिनेमाको क्षेत्रमा अझै केही गर्ने सोच छ । मेरो निर्माणधिन सिनेमाको काम चलिरहेकै समयमा कोरोनाको महामारी फैलियो । अब केही दिन पछाडी बाट हलको बाहिरी भाग मर्मत गदै छु भित्रको सम्पुर्ण काम सकिएको छ । मेरो बुवाको पनि चाहना थियो सिनेमा बनाउने अब म बनाउने तयारीमा छु । कपडा ब्यवसायलाई फराकिलो बनाउने त छदैछ ।

० अन्तमा ?
तपाई लगायत तपाईको नव क्षितिज साप्ताहिक लाई धेरै धेरै धन्यवाद । बनेपाको शुभकामना हलले आफ्नो स्वरुप नै परिर्वतन गरेर एसी, डल्बी साउण्ड सिस्टम र अत्याधुनिक सिटसहित मल्टिप्लेक्सको सुविधामा शुभकामना हल पुन संचालन भएको छ । भित्रको भाग सम्पुर्ण मर्मत भैसकेको छ बहिरको अब छिटै मर्मत हुदै छ । भित्रको सम्पुर्ण भाग बनिसकेकोले अहिले नेपाली तथा हिन्दी फिल्महरु चलिरहेको छ हल राम्रो भएका कारण हलमा गएर फिल्म हेर्न आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस्