‘संस्कृतिमा बिविधता, बिविधतामा एकता’ भन्ने मूल नारासहित दक्षिण पर्वतको पैयूँ कला प्रतिस्ठानले पालिका स्तरिय नृत्य प्रतियोगिता एवम् विविध सांस्कृतिक कार्यक्रम पैयूँ गाउँपालिका-४ पर्वतमा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको पालिकाका अध्यक्ष खगेंद्र प्रसाद तिवारीले उद्घाटन गर्नुभएको थियो । पालिकाका अध्यक्षले समाजमा सचेतना फैलाउन तथा कला संस्कृति जगेर्न एवम् प्रवद्र्धन ग़र्न हर हमेसा प्रतिष्ठान लाई साथ दिने वाचा गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानकै कलाकारहरू द्वारा भजन, राष्ट्रिय भावनाले ओतप्रोत तथा सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थियो । प्रतियोगिताका निर्णयक सरिता हिताँग (बविता) ले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन गगन कान्छो ‘पर्वत’ र समीर हिताँग (राजू)ले गर्नुभएको थियो भने कार्यक्रमको ब्यवस्थापनमा मनोज सुनुवारले गर्नुभएको प्रतिष्ठानका अध्यक्ष गोविन्द प्रभातले जानकारी गराउनु भयो ।