धुलिखेल बालमैत्री नगर घोषणा, गल्ती गरेको भए दण्डित हुन तयार छौं–मन्त्री ज्ञवाली


धुलिखेल, जिल्लाको धुलिखेल नगरपालिका बालमैत्री नगर घोषणा भएको छ । बालमैत्री सम्बन्धी ३९ वटा सुचकहरु पूरा गरेपछि बालमैत्री नगर घोषणा भएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले धुलिखेल नगरपालिकाको ३५ औं स्थापना दिवसको अवसरमा बुधबार धुलिखेललाई बालमैत्री नगर घोषणा गरेका हुन । नगरपालिकाले वडा नम्वर १० लाई पहिलो वडाका रुपमा बालमैत्री घोषणा गरेको थियो । वडा नम्बर ३, ४, ५, ६ र ७ लाई प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष फागुन ५ गते बालमैत्री वडा घोषणा गरेका थिए ।
बालमैत्री नगर घोषणाका लागि नगरपालिकाको पहिलो नगर सभाबाट १ करोड रकम विनियोजन गरेको नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिए । समाजको विकासको लागि त्यस क्षेत्रका बालबालिकाहरुको चौतर्फी विकास हुन जरुरी छ, जब बालबालिकाहरुको विकासमा हामी लगानी गर्छाँै त्यसको गुणात्मक प्रतिफल प्राप्त गर्दछौँ’–नगर प्रमुख ब्याञ्जुले भने–‘हामीलाई विश्वास छ जहिलेसम्म बालबालिकाहरुलाई अनुशासित र सक्षम बनाउन सक्दैनौं त्यसबेलासम्म हामी हाम्रो नगरको विकासको परिकल्पना गर्न सक्दैनांै ।
नेपाल सरकारले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, २०६८ तथा कार्यान्वयन कार्यविधि, २०६८ जारी गरी बालमैत्री स्थानीय शासन प्रणाली प्रबद्र्धन गरिरहेको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, २०६८ को दफा २१ मा तोकिएका ३९ वटा न्यूनतम् सूचकहरु प्राप्त गर्ने स्थानीय तहले आपूmलाई बालमैत्री स्थानीय सरकार घोषणा गर्न सक्ने अधिकार प्रदान गरेको छ । नगरले बालबालिकाहरुको हेरचाह तथा अनाथ बालबालिकाको सहयोगका लागि ३९ लाख बाराबरको रकमबाट १२ वटै वडामा बाल कोष स्थापना गर्नुका साथै बालमैत्री घोषणा गर्ने वडाहरुलाई पुरस्कार स्वरुप प्रति वडा ५ लाखका दरले पुरस्कार वितरण गरेको छ ।
बालमैत्री स्थानीय शासनले तोकेका ३९ वटा सूचकहरुलाई स्थानीयकरण गर्नुका साथै सूचकहरुको अन्तिम मान्यता दिई बालमैत्री पार्क, पोषण सुधार लगायतका स्थानीय सूचकहरुलाई थप गरी नगर कार्यपालिकाबाट सबै वडाहरुमा प्रभावकारी कार्यान्वयन गरिएको नगर प्रमुख ब्याञ्जुले बताए । बालमैत्री वडा तथा नगर घोषणाका लागि जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोक र बागमती प्रदेश सामाजिक विकास मन्त्रालय मार्फत अनुगमन गरिएको थियो । जिल्ला समन्वय समितिबाट अनुगमन सम्पन्न भए पश्चात बालमैत्री स्थानीय शासन नगर घोषणा गरिएको हो ।

गल्ती गरेको भए दण्डित हुन तयार छौं–मन्त्री ज्ञवाली

धुलिखेल, परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने बताएका छन । धुलिखेल नगरपालिकाको ३५ औँ स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले निर्वाचनपछि नयाँ प्रतिनिधि सभा, नयाँ सरकार बन्ने र अहिले भईरहेका विकास निर्माणका कामहरुलाई निरन्तरता दिने बताएका हुन ।
प्रधानमन्त्री र राष्ट्रपतिलाई बिस्थापित गराउने षड्यन्त्रमा नेताहरु लागेको र देशमा विदेशी चलखेल तथा हस्तक्षेप बढाउनेतर्फ नेताहरु लागेकोले प्रधानमन्त्रीले प्रतिनिधि सभा भङ्ग गर्नुपरेको बताएदै संवैधानिक निकाय, विभिन्न आयोगमा रिक्त रहका पदाधिकारी तथा राजदुत नियुक्तीमा नेताहरुले भागबण्डा खोजेको बताए । आफुहरुले गल्ती गरेको भए दण्डित हुन तयार रहेको बताउदै मन्त्री ज्ञवालीले सरकारले तीनवर्षको अवधिमा ६ हजार किलोमिटर सडक निर्माण, पाँच सय नयाँ पुल, फुसका छाना हटाई जस्ताको छानो बनाउने, दुई लाख ६० हजार बालबालिकालाई बिद्यालय भर्ना गराएर अभिभावकत्व लिने काम गरेको बताएका थिए ।
कार्यक्रममा पूर्वमन्त्री गोकुल बाँस्कोटाले आगामी निर्वाचन सच्चा लोकतन्त्र, देशभक्ति, प्रगतिको लागि, विकासको कामलाई थप गति दिनका लागि भएको भन्दै सामाजिक न्यायका लागि, राष्ट्रिय स्वाधिनताको रक्षाका लागि निर्वाचन महत्वपूर्ण हुने बताएका थिए । नव क्षितिज साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्