वनेपा पोलिटेक्निकमा सिपमुलक तालिम शुरु


बनेपा, नेपाल वनेपा पोलिटेक्निक ईन्ष्टिच्युट बनेपाको आयोजनामा विभिन्न विषयको सिपमुलक तालिमहरूको हिजो एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
शिक्षालय प्रमुख मिनराज अधिकारीको सभापतित्वमा भएको तालिम उद्घाटनको संचालक तालिम विभागका मोहन गजुरेले, स्वागत मन्तव्य लेखा अधिकृत वेदराज न्यौपानेले गरेका थिए ।
सिटिईभिटि वागमति प्रदेश हेटौंडा को आर्थिक सहयोगमा भयको तालिममा व्युटिसियनका ४० जना, वारिस्ता (कफि) वनाउने २० जना, वेकरि २० जना र विल्डिङ ईलेक्ट्रिसियन २० जनाको सहभागिता रहेको छ । ३९० घण्टा अवधिको निशुल्क सीप मुलक तालिम सम्पन्न भय पश्चात राष्ट्रिय सीप परिक्षण समितिवाट सिप परिक्षण हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्