डेडीथुम्का २०५३ ब्याचको दोश्रो पुनरमिलन


मण्डनदेउपुर नगरपालिका–९, काभ्रेमा रहेको डेडीथुम्का मा.वि.बाट २०५३ सालको एसएलसी परीक्षामा सहभागी विद्यार्थीहरुको बनभोज सहितको दोश्रो पुनरमिलन कार्यक्रम शनिवार वाटर साईड रिसोर्ट, गोदावरी काठमाडौंमा सम्पन्न भएको छ ।
अप्सरा नेपालको अध्यक्षतामा भएको कार्यक्रममा ४० जना भन्दा बढीको उपस्थिती रहेको थियो । नवराज बजगाईले स्वागत मन्तब्य, शिबहरी बजगाईले सञ्चालन र टुल्कु लामाले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा तत्कालिन शिक्षक धर्मनारायण मेहता, २०५३ ब्याचका बिनोद गौतम, लक्ष्मी पौडेल, जयराम घोरासैनी लगाएत उपस्थित सबैले त्यो बेलाको अबिस्मरणिय क्षणको सम्झना गर्दै आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए ।
आगामी कार्यक्रमलाई अझै ब्यवस्थित बनाउन अप्सरा नेपालको अध्यक्षतामा डेडीथुम्का २०५३ ब्याचको पुनरमिलन ब्यवस्थापन समिति गठन गरिएको छ । सो ब्याचका सबै जना सदस्य रहेको समितिको उपाध्यक्षमा नवराज बजगाई, सचिवमा शिवहरी बजगाई, कोषाध्यक्षमा जयराम श्रेष्ठ र सह–सचिवमा टुल्कु लामा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्