अबैध काठ सहित महाभारतका सवारी चालक पक्राउ


काभ्रे  – अबैध काठ ओसार पसार गर्ने सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको महाभारत गाउँपालिका वडा नं ६ स्थित बनखुमा अबैध सालको काठ ओसार पसार भइरहेको विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय देबीटारले अबैध काठ सहित सवारी चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका अनुसार ईलाका प्रहरी कार्यालयले सवारी चेकजाँच गर्ने क्रममा बाँसपुरबाट धुलिखेल आउँदै गरेको बा.४ ख.४२०६ नं का सवारी चालक महाभारत गाउँपालिका वडा नं ८ का ३२ वर्षीय दिपेश कुवँरलाई फाल्गुण ७ गते बिहान नियन्त्रणमा लिएको हो ।

ट्रकमा सम्बन्धित कार्यालयको इजाजत पत्र बिना अबैध रुपमा सालको चिरान काठ लोड गरी ल्याइरहेको अवस्थामा फेला पारी रित पुर्वक बरामद गरी सवारी र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी कुमार विक्रम थापाले जानकारी दिए । उनका अनुसार उक्त काठ गाडी र चालकलाई थप अनुसन्धान एंव कानुनी कार्वाहीका लागि डिभिजन वन कार्यालय धुलिखेल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्