माटो परिक्षणका लागि पनौती नगरका वडा नम्बर ८, १० र ११ का स्थानिय कृषकहरुको सहभागिता उल्लेख्य छ भने अन्य वडाहरुबाट पनि परिक्षणका लागि आउने क्रम जारी छ । युरिया लगायत रासायनिक मलको अत्याधिक प्रयोग र एकै वर्षमा चार वटासम्म बाली लगाउनाले माटो विग्रन गई माटोबाट विरुवालाई प्राप्त हुने तत्वहरु नष्ट हुदै जाने माटो विज्ञहरुको भनाई छ ।
‘हरेक बालि वा बिरुवाको बिउ माटोमा छरे देखि बिरुवा हुर्किइ यसले अनाज दिने बेलासम्म चाहिने सम्पुर्ण खाद्यतत्वहरू बिरुवाले माटोबाटै लिन्छ । जसकारण पनि माटोको अवस्था बिग्रन नदिन उपयुक्त समय समयमा माटो परीक्षण गर्नु अति आवश्यक हुन्छ ।’ प्रमुख सापकोटाले भन्नुभयो । माटो परिक्षण गराउन खेतबारीमा बालि नभएको यो समय उपयुक्त भएकोले कृषकलाई परिक्षणमा सहभागी हुन उहाले आग्रह पनि गर्नुभएको छ ।
परिक्षण अवधिभर ६ सय भन्दा बढी माटोका नमुना परिक्षण गरिने र माटो परिक्षण शुल्क प्रति नमुना ७२.५० पैसा नगरपालिकाले नै बेहोर्ने प्रमुख सापकोटाले बताउनुभयो ।
यस्ता कार्यक्रमहरुले युरिया मलको प्रयोग कम गर्ने, कम्पोष्ट मलको प्रयोगलाई प्रोत्साहन गर्दै कृषकलाई व्यावशायिक खेती तर्पm अभिप्रेरित भई अर्थिक विकासमा महत्वपूर्ण भुमिका खेल्ने उहाँको विश्वास रहेको छ । कार्ययोजना बनाई माटो परिक्षण शिविर प्रत्येक हप्ता चलाउन आफुहरुले पहले गर्ने शाखा प्रमुख सापकोटाको भनाई छ ।









