काभ्रेपलान्चोक – गौरी शंकर च्छोरोल्पा मिडिया प्रा.लिको प्रथम वार्षिकोत्सवको अवसरमा मिति २०७७ फागुन १ गते गर्ने भनिएको कार्यक्रम विषेश कारणले गर्दा रोकिएको गौरी शंकर मिडियाले जनाएको छ ।
गौरी शंकर च्छोरोल्पा मिडियाका सचिव मनोज कार्कीका अनुसार १ गते गर्ने भनिएको प्रथम बार्षिकोत्सवको कार्यक्रम विषेश कारणले गर्दा फागुन ५ गते बुधबारको लागि सारिएको जानकारी गराएका छन् ।
केन्द्रिय राजधानी काठमाण्डौको पुरानो बानेश्वर स्थित विग फुडल्याण्ड पार्टी प्यालेसमा मिति २०७७ फागुन ५ गते बुधबार विहान ९ बजे सञ्चार तथा सुचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता माननीय पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न हुने आयोजकले बताएका छन् ।