काभ्रेपलान्चोक – राष्ट्रिय युवा संघ नेपालका संयोजक रमेश पौडेलले नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आफ्नाहरुले लुट्न पाएनन् भनेर गरेको नेपाल बन्दको प्रतिकार गर्न अपिल गर्नुभएको छ ।

सामाजिक सञ्जाल मार्फत संयोजक पौडेलले पद, प्रतिष्ठा र कुर्सी पाईएन र आफ्नाहरुले लुट्न पाएनन् भनेर प्रचण्ड–माधवले गरेको बन्द जनतालाई सास्ती दिन गरिएको कारण प्रतिकार गर्न अनुरोध गर्नुभएको हो । संयोजक पौडेलले लेख्नुभएको छ,‘सर्वसाधारण जनतालाई सास्ती हुने बन्द, हड्ताल तथा चक्काजाम जस्ता गतिविधि जस्ले जे सुकै प्रयोजनका लागि गरेको भएता पनि यो नितान्त गलत छ ।

जनीतिमा पराजित भएपछि मानिसहरू अपराधीक र जनतालाई सास्ती दिने कार्यमा लाग्छन भन्ने कुरा यस्ता हर्कतले पुष्टि गरेको छ । तसर्थ, खुलेर आम हड्तालको प्रतिरोध गर्दै सम्पूर्ण पक्षलाई सर्वसाधारण जनताको पक्षमा उभिन हार्दिक अपिल गर्दछु ।’