काभ्रेपलान्चोक – विपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका वडा नं २ सेल्फीडाँडा नजिकै काठमाडौबाट वर्दिबास तर्फ जाँदै गरेको सुमो र धरानबाट काठमाडौ जाँदै गरेको प्रदेश 0२-00-१-प ९७४५ नंवरको सुमो जुधेर दुर्घटना भएको हो  दुर्घटनामा परी सुमोमा रहेका आठ र मोटरसाइकलमा रहेका दुईजना गरि दसजना घाइते । घाइतेको सशस्त्र प्रहरी बल १५ नंवर गणका इन्स्पेक्टर सुवास भट्टराईको नेतृत्वको टोलीले उद्धार गरि उपचारका लागि धुलिखेल अस्पताल पठाएको छ । घाइतेमध्ये सुमो चालक र एक महिला यात्रुको अवस्था गम्भीर छ । दुर्घटना दिउँसो १:३० बजेतिर भएको स्थानीयले जनाएका छन ।