काभ्रे – कोरोना बिरुद्धको खोप अन्तर्गत आज काभ्रेको धुलिखेल अस्पतालमा २९३ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, सरसफाईकर्मी, जोखिममा रहेका सामाजिक अभियान्तालाई कोरोना विरुद्धको खोप लगाउने निर्णय गरेसँगै काभ्रेमा पनि खोप दिइएको हो ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख नरेन्द्रकुमार झाको अनुसार खोप दिनका लागि जिल्लाको २ अस्पताल तोकिएको छ । ‘धुलिखेल अस्पताल र भकुण्डेमा रहेको मेथिनकोट अस्पतालबाट कोरोना बिरुद्को खोप दिनेछ ।’
जिल्लाका फ्रन्टलाइनमा काम गर्ने ३ हजार ५ सय ८१ जनालाई कोरोना भाइरस विरुद्धको खोप बुधबार बाट दिन सुरु गरिएको हो ।








