बनेपा – काभ्रे जिल्लामा लागु औषध सहित २ जना पक्राउ परेका छन् ।
सोमबार रोशी गाउँपालिका वडा नं. ९ मा रहेको ईलाका प्रहरी कार्यलय मंगलटारले सवारी साधन चेकजाँच गर्ने क्रममा ठुलो परिमाणमा लागु औषधि सहित दुई जनालाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यलय, मंगलटारका प्रमुख इन्सपेक्टर शेखर खड्काका अनुसार पक्राउ पर्नेमा चौंरीदेउराली गाउँपालिका वडा नं. ३ बस्ने १९ बर्षिय शम्सेर घिसिङ र सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा नं. २ बस्ने २७ वर्षिय अजित कामत रहेका छन् ।
बि.पी. राजमार्गमा चल्ने सवारी साधनहरु चेक जाँच गर्ने क्रममा पुर्वबाट आउँदै गरेका उनीहरुलाई हायसबाट पक्राउ गरेको थियो ।
उनिहरुको साथबाट नाईट्राभेट–१० नामक लागुऔषध २८ पत्ताको ८४० गोली, डाईजापान ईन्जेक्सन १० थान, बुप्रिनोर्फिन १० थान र फेनारागन १० थान फेला परेको ईन्स्पेक्टर खड्काले जानकारी दिएका छन् । उनिहरु अहिले जिल्ला प्रहरी कार्यलयको हिरासतमा छन् ।








