काभ्रेपलान्चोक – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु देश बनाउने गन्तव्यको विषयमा प्रष्ट भएको बातएका छन् । प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै ओलीले आफूहरु देश विकासको बाटोमा रहेको बताएका छन् ।

ओलीले प्रचण्ड-माधव आधिकारिक नभएर आफूहरु आधिकारिक भएको भन्दै पेरिसडाँडामा कालो झण्डा भएको बताए । आफूहरुले रातो झण्डा बोक्ने र पेरिसडाँडामा जस्तो कालो झण्डा नराख्ने उनले बताए ।

अहिले पुष्पकमल दाहाल र माधव कुमार नेपालबीच देखिएको प्रेम सिनेमा जस्तो भएको ओलीले बताए । अहिले दृश्यमा सबै खालका मसलाहरुको प्रयोग भएको तर खासमा केही हुँदै नभएको सिनेमा जस्तै सम्बन्धमा उनीहरु रहेको ओलीको टिप्पणी छ ।