काभ्रेपलान्चोक – जिल्ला प्रहरी कार्यालय काभ्रेको जिम्मेवारी सम्हाल्न आउनु भएको एस.पि खत्रीले (बुधबार) काभ्रेका संचारकर्मीहरुसंगको भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
पत्रकारहरुको भेटघाट कार्यक्रममा एस.पि खत्रीले थप्नुभयो “प्रहरी र पत्रकारहरु बिच नङ्ग र मासुको सम्बन्ध राखेर अगाडी बढ्नु पर्छ ।” जिल्ला वासिको अपेक्षालाई खरो रुपमा उत्रिएर सरोकारवालाहरुसंग सहकार्य गर्दै अगाडी बढ्ने एस.पि खत्रिले भन्नुभयो ।
प्रहरी भनेको जनताको प्रतीनिधि हो, त्यसैले काभ्रेली जनताको अपेक्षा अनुसार कार्य गरेर मजबुत ढंगले शान्ति सुरक्षा कायम गर्छैा । जनताले वा.वा प्रहरी भन्ने ढंगले कार्य गरेर अगाडी बढ्छौं, छ्या प्रहरी भन्ने मौका नआउने तौर तरिकाले काम गर्न हाम्रो टिम सफल हुन्छ, एस.पि खत्रिले भन्नुभयो ।








