होमप्रसाद चौंलागाँईं, मण्डनदेउपुर 

२०७७ साल पौष २७ गतेको दिन थियो । अपारान्न १२ मात्र बजेको के थियो । एक्कासी २९ गतेको नगर सभाको निम्तो आयो । यस अघिभन्दा फरक तरिकाले मण्डनदेउपुर नगरपालिकाको आठौं नगर सभा जम्मा जम्मी २ दिनको सूचना जारी गरी पौष २९ गतेलाई डाकिएको थियो । किन यस्तो भयो भनेर सभासद्हरु अचम्मित हुन पुगे । कारण रहेछ नगर प्रमुख टोकबहादुर वाइवाको हताहत मनस्थिति । पार्टी भित्रको गुटबन्दी, आफ्नो हिजोको सामन्ती व्यवहार र असहयोग गर्ने आशंका आदिका आधारमा जम्मा २ दिनको मात्र समयावधि राखेर नगर सभा डाकिएको बताइएको छ ।
हिंउँदे सभा भनेर चिनिने सभमा जम्मा ३१ जना सभासद्हरुको मात्र उपस्थिति रहेको थियो । जब की सभा चल्न ३४ जना सभासद्हरुको आवश्यक्ता पर्दछ । विहान ८ः३० बजेलाई तोकिएको सभामा सदस्यको गणपूरक संख्या पु¥यान नसक्दा नगर प्रमुख टोकबहादुर वाइबालाई दिउँसको ३ः०० बजेसम्म फलामाको चिउरा चपाएको अनुभूती भएको थियोे ।
६५ जनाको नगर सभामा ने.क.पा. का ६४ जना रहेको र १ जना यस अघिनै जिल्ला समन्वय समिति काभ्रेको सदस्यमा मानोनित भएकोले ४७ मध्ये २३ जना मात्र सभासद्हरु नगर प्रमुख टोकबहादुर वाइवा पक्षधर रहेको बताइएको छ । २३ जना बाहेक उप प्रमुख निर्मला शाही, वडाध्यक्षद्वय झलकप्रसाद पौडेल र जितबहादुर तामाङ सहित कार्यपालिका सदस्यहरु क्रमशः खड्गबहादुर पुर्कुटी, गीता नेपाल, निलकुमारी बिसुन्के, कृष्णबहादुर मिजार सहित २४ जना सभासद्हरु सभामा अनुपस्थित रहेका थिए । जसमध्ये नेपाली कांग्रेसका १७ जना सभासद्हरु रहेकोमा ४३ जनाको अनुपस्थित हुँदा आजको सभाले औपचारिकता पाउन नसकेको बताउँछन वडाध्यक्ष झलकप्रसाद पौडेल ।
यस अघिको नगर सभाहरुमा जननिर्वाचित वडाध्यक्षहरुलाई योजना छनौट देखिका धेरै विषयहरुमा वेवास्ता गर्दै आएको, एकलौटी मनोमानी ढंगले २ करोडभन्दा माथी रकम आफूले चलाउन पाउने गरी छुट्टयाउने गरेको, सभा तथा वैठकहरुमा अपमानजनक व्यवहार गर्ने गरेकोले निक्रिष्ट प्रकारको व्यवहार गर्ने नगर प्रमुखको अध्यक्षतामा बस्ने सभा बहिष्कार गरेको वडाध्यक्ष जितबहादुर तामाङले बताए ।
नगर सभा चलाउनको लागि नगर प्रमुख टोकबहादुर वाइबाले नेपाली कांग्रेससंग सम्झौता गरी अब आइन्दा नेपाली कांग्रेसको सहमतीमा मात्र अघि वढ्ने प्रतिवद्धता सहितको सहमती गरेको बताइएको छ । जब की कांग्रेसले यस अघि नगरपालिकामा भएका अनियमितता, शिक्षकको शरुवा, दरबन्दिको सृजना र आफ्ना नातागोता र इष्टमित्रहरुलाई सेटिङमा नियुक्ति गरेको विषय समेटेर बुझाएको विभिन्न खाले ज्ञापन पत्रलाई अवज्ञा गरेको बताइएको छ ।