लाेक दाेहारी गीत ” तीन्टी स्वास्नी … ” सार्वजनिक


दिपककाे तीन्टी स्वास्नी बजारमा
काठे लाेक दाहाेरी गायक दिपक रिमालकाे तीन्टी स्वास्नी बजारमा अाएकाे छ ।
थुप्रै लाेक दाेहारी गीत बजारमा ल्याइसकेका काठे लाेक दाेहारी गायक रिमालकाे पछिल्लो लाेक दाेहारी गीत ” तीन्टी स्वास्नी … ” समसामयिक विषयमा तयार भएको हाे । तीनवटी बिहे गर्दा नि घर नभएपछि तनावलाई गीतमा समेटिएकाे यश गीतकमा तीन तीन वटी बिहे गर्दा नि तीनै वटी पोईल हिँडे पछिकाे अवस्था अनि घरायसी उतार चढावलाई रिमालले सरल तरिकाले प्रस्तुत गरेका छन् ।
शब्द संगीत रिमाल कै रहेको गीतमा स्वर दिएकी छिन् प्रिन्सिका शंकरले । ‘तीनटी स्वास्नी ल्याउँदा नी घर भएन …’ भन्ने बोलको उक्त लोक दोहोरी गीतको भिडियोमा भक्तपुर चाँगुनारायण नगरपालिका चरेलीको रमणीय दृश्य समेटिएकाे छ ।
जती वटी बिहे गरे पनि घरजम नभएको विषयवस्तुलाई उठान गरिएको ‘तीन्टी स्वास्नी …’ को भिडियोमा रिमालको साथमा गायिका शंकर, कलाकार निर्देशक अमरकृष्ण चन्द, नविना ब्लोन, सुन्दरी लामा, राम परियार, सरोज गहतराज, गंगा लामिछाने लगाययतले उत्कृष्ट अभिनय गरेका छन् ।
भिडियोको निर्देशन समेत गायक रिमालले नै गरेका छन् भने भिडियोमा छायाँकन सम्पादन सुमन लामाको रहेको छ ।
समय सान्दर्भिक अनि निकै नै मर्मस्पर्सी ‘तीन्टी स्वास्नी …’ गीत उत्कृष्ट बनेकोले लोक दोहोरी प्रेमीहरुले मन पराइदिनेमा रिमाल ढुक्क देखिन्छन् । तीन्टी स्वास्नी बिहे गर्दा नि घर नभएको अाखिर कारण के हाे त भन्ने सन्देश मुलक गीतकाे भिडियो उत्कृष्ट बनेकाे गायक रिमाल बताउँछन् । https://m.youtube.com/watch?v=rnCWJ4Cz8lA&feature=youtu.be

प्रतिक्रिया दिनुहोस्