
काभ्रे – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समूहबाट बाहिरिँदा ६ जना पूर्वमाओवादी नेताले मन्त्री पद पाएका छन् ।
प्रचण्ड निकट नेता टोपबहादुर रायमाझी, मणि थापा, गौरीशंकर चौधरी, प्रभु शाह र दावा तामाङले केपी ओली नेतृत्वको सरकारमा मन्त्री पद पाएका हुन् । त्यस्तै, विमला विकले राज्यमन्त्री पाएकी छन् ।
नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार साँझै राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गराइएको छ । – online khaber