अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
१६ , बैशाख / काभ्रेपलान्चोक – बनेपा प्रोग्राम ब्यवस्थापक प्रमुख राजन थापा आज भोलि निकै ब्यस्त देखिन्छन् । २०२७ सालमा बुबा रामकृष्ण थापा र आमा सुन्तलि थापाको पहिलो सन्तानको रूपमा राजधानी बाट नजिक साङ्ला गाबिस वडा नम्बर ५ हाल तरकेश्वर नगरपालिकामा जन्मनुभएको हो । सानै उमेर देखि समाज सेवा गर्ने मन पराउने थापा सहयोगि भावना बोकेर हिड्ने ब्यक्ती हुन् । अरुको दुख देख्न नसकने बरु आफु भोकभोकै बसेर पनि दिन दुखीहरु लाई सहयोग गर्नु हुन्थ्यो ।

राजन थापा विभिन्न क्षेत्रमा क्रियासिल ब्याक्तित्व हुन उनि कला ,व्यबसाय , समाजसेवामा क्रियासिल छ्न । २०६५ साल देखि पत्रकारिता सुरु गरेका उनले विभिन्न संघ संस्थामा आबद्ध भई काम गरेका थिए भने हालमा पनि २०, २५ वटा संस्थामा आबद्ध रहेका छ्न । उनी नेशनल पावर न्युज डटकमको पनि प्रोग्राम कोडिनेटरको रुपमा काम गरिरहेका छ्न ।

विभिन्न कार्यक्रमहरु नेशनल पावर न्युज म्युजिक अवार्ड , एजुकेसन अवार्ड , डकुमेन्ट्री फिल्म फेस्टिबल , एजुकेसन मेला आदि कार्यक्रमको ब्यवस्थापक भइ काम गरिसक्नु भएको छ भने श्री साङला बालकुमारी उच्च मा।बिको ब्यवस्थापन समितिको अध्यक्ष पदमा रहेर समेत काम गर्नु भएको छ ।

पेशाले व्यबसाय र पत्रकारिता गर्दै आएका थापा कलाकारिता क्षेत्रमा प्रवेश गरेका छन् । जेष्ठ नागरिक संस्था बाट सुन प्यारि भन्ने म्युजिक भिडियोमा र अहिले म त गित गाउछु हजुर भन्ने गितमा अभिनयको साथै गितको ब्यवस्थाप गर्नु भएको छ । राजन थापा आफैमा क्षमता , दक्षता नेतित्व गर्ने सक्ने ब्यक्तीको अग्रपंक्तिमा हुनुहुन्छ । ब्यवस्थापन गर्नेमा आफैमा कठिन छ यो जो कोहिले गर्ने सक्ने काम होइन तर राजन थापाले यो कठिन काम गर्दै आउनु भएको छ ।