
बजारमा नयाँ नयाँ गित आउन थालेका छन । यस्तै नयाँ नयाँ गित बजारमा सार्वजनिक गर्ने मध्ये एक हुन निरेन श्रेष्ठ । झ्ण्डै तिन सय भन्दा धेरै म्युजिक भिडियोको निर्देशन गरेका श्रेष्ठले चार वटा फिल्ममा समेत अभिनय गरेका छन् । सानो उमेर देखि नै कलाकारिता क्षेत्रमा रुचि भएर यस क्षेत्रमा आएको हामिलाई बताउछन् । तर उनले सोचेका थिएनन कि पेसा नै यँहि बनाउछु भनेर उनले पछिल्लो समयमा आएर अवार्ड कार्यक्रम समेत गरेका छन । उनले ज्योति फिल्म म्युजिक अवार्ड काठमाण्डौमा सम्पन्न गरेका थिए । सानो उमेरमा नै यति ठुलो प्रगति गरेर उदाहरणिय पात्र बन्न पुगेका छन् । प्रस्तुत छ नव क्षितिज साप्ताहिकका लागि अरबिन्द्र गौतमले निर्देशक निरेन श्रेष्ठसँग गरेको कुराकानी
० आज भोलि के मा ब्यस्त हुनुहुन्छ ?
गित सँगित तिर नै ब्यस्त छु । विश्वमा कोरोना भाइरसको महामारी छ । यस्तो अवस्यामा पनि गित बजारमा र्सावजनिक भएका छन । खास गरि नयाँ नयाँ म्युजिक भिडियोमा ब्यस्त छु ।
० यस क्षेत्रमा कहिले प्रवेश गर्नुभयो ?
मलाई यस क्षेत्रमा पहिले देखि नै रुचि थियो । तर यस क्षेत्रलाई पेसा नै बनाउछु भन्ने लागेको थिएन । २०६४ सालदेखि कलाकारिता क्षेत्रमा छु
० सानै देखि सोच्नु भएको थियो म ठूलो भए पछि कलाकारिता क्षेत्रमा जाने छु भनेर ?
सानैदेखि रहर चै थियो । तर यहि क्षेत्रमा पेसागत रुपमा लाग्छु भन्ने चै थिएन । आफ्ले सोचेको भन्दा धेरै राम्रो भएको छ ।
० कतिवटा म्युजिक भिडियोको निर्देशन गर्नु भयो ? अनि कतिवटामा अभिनय ?
मैले अहिले सम्म लगभग ३०० को हाराहारीमा निर्देशन गरेको छु । त्यसैगरी अभिनय चाहिँ १०० को हाराहारीमा गरेको छु । बिस्तारै अगाडि बढदै छु ।
० तपाईंले पनि अवार्ड कार्यक्रम गर्नु भयो ? पहिलो चरण पनि सकियो यो नै किन सुरु गर्नु भयो ।
ज्योति फिल्मसको दसौं बार्सिक उत्सबको अबसर पारेर अवार्ड कार्यक्रम सुरु गरियो ।
० अवार्ड कार्यक्रम एउटा पेशा हो भन्ने गरिन्छ नि ?
त्यस्तो होइन हामिले कहिले पनि पेसाको रुपमा लिएका छैनौ । अरुले के गर्छन् थाहा भएन । हाम्रो चाहिँ दसौं बार्सिक उत्सबको अबसर पारेर नयाँ कलाकारलाई प्रोत्साहन दिने र अग्रजलाई सम्मान गर्ने हेर्तुले गरेका हौँ पेशा गर्ने लक्ष्यले चै पक्कै होइन ।
० अवार्ड किनबेच गरिन्छ भनिन्छ नि खास कुरा के हो ?
खै हामिले चै गरिएन । सायद हुन सक्छ नोमिनेशनमा धेरै पर्छन पाउने त एउटै ले हो । आफुले नपाउदा एस्तो कुरा आएको हुन सक्छ ।
० तपाइले अभिनय गर्नु भएको म्युजिक भिडियो मध्ये चर्चामा आएको गित कुन हो ?
किसन महासार र समिता गुरुङको स्वर रहेको छ भने म र पार्बती राइको अभिनय रहेको बबाल भो भन्ने गित रहेको छ ।
० कलाकारिता क्षेत्रबाटै तपाईं जीवन चलाउन सक्नुहुन्छ ?
आज सम्म त चलिरहेकै छ । पछि पनि चल्ने नै छ भन्ने कुरामा बिस्वस्त छु ।
० कलाकारिता क्षेत्रमा आएको बिकृतिलाई कसरी लिनु हुन्छ ?
सबैको आ आफ्नो धारणा हुन्छ तर समय र परिस्थिति अनुसार पनि चल्नु पर्ने हुन्छ ।
० पछिल्लो समयमा नायक नायिका तथा मोडलहरुले अङ्ग प्रदर्सन गरेर चर्चा कमाउने गरेका छन के चर्चामा आउन अङ्ग प्रदर्सन गर्नै पर्ने हो ?
खै यो बिषयमा त्यति थाहा भएन । तर अङ्ग प्रदर्सन भन्दा पनि कथाको माग अनुसार चै गर्नु पर्छ । कथाले मागेको दिनु पर्छ भन्छु म चाही ।
० अहिले सम्म कतिवटा फिल्ममा अभिनय गर्नुभयो ?
चै अहिले सम्म चार वटामा गरियो ।
आफ्नो लायकको केटि हेर्नू पर्याे भने कस्तो टाइपको हेर्नू हुन्छ ?
मान्छेको रुप भन्दा पनि मन मिल्ने र आफुलाइ बुझ्ने खालको ।
० आगामी योजना के बनाउनु भएको छ ?
फिल्म गर्ने सोच थियो । कोरोनाका कारणले गर्दा रोकिएको छ । त्यसैलाइ पुरा गर्ने तयारीमा छु । अरु त म्युजिक भिडियोको काम भैरहेको छ ।
अन्त्यमा………….. ?
तपाई लगाएत तपाईको मिडिया नव क्षितिज साप्ताहिक परिवारलाई धेरै धेरै धन्यबाद ।