पुर्व मन्त्री एवं नेकपा केन्द्रिय सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले सरकारलाई असफल बनाउने खेल पार्टी भित्रैबाट भएकाले विस्कुन छरेर आफै सोहोर्नु पर्ने अवस्था सिर्जना नगर्न नेताहरुलाई चेतावनी दिएका छन ।

पनौती नगरपालिकाले वडा नम्वर १२ मा आयोजना गरेको भैसी संरक्षण र सम्वद्र्धन कार्यक्रमको शुभारम्भमा बोल्दै पुर्व मन्त्री बाँस्कोटाले भने ‘केपी ओली नेतृत्वको सरकारले कालापानीको भूभाग फिर्ता ल्याउने प्रयास शुरु ग¥यो, सोहि भूभाग समेटिएको नक्सा जारी ग¥यो, नाकाबन्दीमा पनि भारतिय अवरोध छिचोल्यो त्यसकै बदलामा नक्सा जारी भएकै दिन देखि सरकार ढाल्ने षढयन्त्र पार्टी भित्रैबाट शुरु भयो’ । पार्टी फुटाएर जनताको बीचमा आउने नेताहरुले कस्तो भिक्षा पाउलान् भन्दै नेता बाँस्कोटाले पार्टी मिल्दा त दुई तिहाई प्राप्त हुन सकेन अलग अलग पार्टी बनाएर जनताको बीचमा आउँदा कमण्डलु बोकेर अलोक अलोक भन्नु बाहेक अरु केहि रहँदैन । पदका लागि पार्टी फुटाएर जनताका बीचमा निर्वाचनको समयमा गरेको बाचा नर्विसन आग्रह गर्दै नेता बाँस्कोटाले नेता शासक र जनता तथा कार्यकता दास नभएकाले त्यसको हिसाव किताव हुने बताए ।

हलो अड्काएर गोरु पड्काउने काम बन्द गर्न पार्टीका नेताहरुलाई चेतावनी दिदै उनले काभ्रेपलाञ्चोक जिल्ला कृषि र पशुपालनमा अग्रणी रहेकाले ब्यवसायीक फर्म संचालन गर्न तर अनुदान प्राप्त गर्ने नाममा दुरुपयोग हुन नदिन र कृषि यन्त्रको वितरण प्रणालीको नीतिमै समस्या रहेकाले परिवर्तन गर्न अनुरोध गरे ।