केपी ओली पक्षका युवाले काभ्रेको पार्टी कार्यालय कब्जा गरेका छन् ।
नेकपाका जिल्ला कमिटी सदस्य कञ्चन अधिकारीको नेतृत्वमा जिल्ला कमिटी सदस्य कुमार तिमल्सिना, विपिन लामा, जेनिस लामा लगायतका नेता पार्टी कार्यालय कब्जा गर्न पुगेका थिए ।
उनीहरुसँग युवासंघका जिल्ला अध्यक्ष विक्रम चौलागाई, अनेरास्ववियूको जिल्ला अध्यक्ष उपेन्द्र शर्मा लगायतका युवाहरु समेत गएर कार्यालय कब्जा गरेका हुन् ।
नेकपा काभ्रेका अध्यक्ष रुकु चौलागाई र सचिवव टोकवहादुर वाइबा प्रचण्ड माधव नेपाल पक्षमा लागेपछि युवाहरुले पार्टी कार्यालय कब्जा गरि ताला लगाएका हुन् ।








