काभ्रेको चौरी देउराली गाँउपालिका वडा नम्बर २ नाग्रेगगर्चेमा एकिकृत नमुना बस्ती निमार्ण हुने भएको छ । नाग्रेगगर्चेको खानी गाँउमा निमार्ण हुने तामाखानी एकिकृत नमुना बस्तीकोशहरी बिकास राज्य मन्त्री रामबिर मानन्धरले शिलान्यास गर्नु भएको थियो । ३९ रोपनी १३ आना जग्गामा निमार्ण हुने नमुना बस्तीमा २१ ओटा घरहरु निमार्ण हुनेछन् ।

ति घरहरु मध्ये ११ ओटा तामाङ संस्कार,संस्कृती झल्कीने र ९ ओटा नेवारी समुदायको संस्कार,संस्कृती झल्कने खालको घर निमार्ण हुने वडा नम्बर २ का वडा अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो । यस्तै बस्तीको बिचमा सामुदायीक भवन,बाटोहरु, खानेपानीका धारहरु, शिव मन्दीर र स्तुपा,पार्क लागायतका अन्य संरचनाहरु पनी निमार्ण हुने छ । वडा अध्यक्ष लामाका अनुसार एघ घर बराबर ४ लाख लागत अनुमान गरिएको छ भने बाटो तथा पुवार्धर निमार्णका लागी ८४ लाख रुपैया बिनियोजन गरिएको छ ।

आगामी असार मसान्त सम्ममा निमार्ण कार्य सम्पन्न गर्ने योजना अनुसार काम सुरु गरीने बताईएको छ । कार्यक्रममा बोल्नुहुदै मन्त्री मानन्धरले सुखी नेपाली,समृद्ध नेपालबनाउने अभियानमा अभियान सफल बनाउन संघ,प्रदेश र स्थानीय सरकार स्थाीय सरकार लागी रहेको बताउनुभयो । साथै उहाँले प्रधानमन्त्री एवंम पार्टी अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड राष्ट्रको नायक भएकाले पार्टी फुटको संघारमा छ भनेर हल्ला गरेर नहिड्न सबैलाई आग्रह समेत गर्नुभयो ।

यस्तै बाग्मती प्रदेशका संसाद रत्न ढकालले कोशिपारीको बिकास निमार्णमा प्रदेश सरकारले विशेष महत्व दिएको बताउनु भएको थियो । गाँउपालिकाको बिकास निमार्णमा सबै सरकारी,गैर सरकारी तथा अन्य संघ संस्था संग पनी सहकार्य गरेर लागी परेको गाँउपालिकाका अध्यक्ष दिनानाथ गौतमले बताउनुभएको थियो