नेपाल पत्रकार महासघ काभ्रे शाखाले आफ्नो स्थापना दिवस मनाएको छ । शाखाको २८ औ स्थापना दिवसको अवसरमा वार्षिक साधारण सभा समेत गरिएको महासंघका अध्यक्ष मोतिराम तिमल्सिनाले जानकारी दिनुभयो ।

साधारण सभामा महासंघको जिल्ला शाखाले विगतका वर्षहरुमा गरेको आर्थिक,सांगठनिक गतिबिधि र पत्रकारहरुका लागी गरेको बिभिन्न गतिबिधिहरुका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा पत्रकार प्रदिप केसीलाई नगद सहित सम्मान गरिएको थियो । साथै महासंघले गरेको निर्णयहरुको पुस्तिाका समेत सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यको प्रमुख आतिथ्यतामा केन्द्रीय समितिका पदाधिकारीहरु,प्रदेशका समितिका पदाधिकारीहरु,बाग्मती प्रदेशको बिभिन्न जिल्लाका अध्यक्षहरु एवमं अन्य पदाधिकारीहरु लागयत जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको थियो ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाको २८ औँ स्थापना दिवस एवं बार्षिक साधारण सभाबाट निर्णय भएका प्रस्तावहरु :

१) नेपाल पत्रकार महासंघ काभ्रे शाखाको २८ औँ स्थपना दिवस एवं बार्षिक साधारण सभालाई सफल बनाउन सहयोग गर्ने महासंघका सम्पूर्ण साधारण सदस्यहरु, नेपाल पत्रकार महासंघ केन्द्र र प्रदेश तथा सहयोगी सबैप्रति यो सभा आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दछ ।

२) प्रेस काउन्सिल नेपालद्धारा गरिँदै आएको पत्रपत्रिकाको बर्गीकरणलाई पारदर्शी र निष्पक्ष बनाउँदै सबै सञ्चारमाध्यमलाई समेट्न माग गर्दै यो साधरण सभा लोक कल्याणकारी विज्ञापन बापतको रकममा दोब्बर बृद्धि गर्न माग गर्दछ ।

३) मिडिया काउन्सिल विधेयकमा मिडियामैत्री नभएका प्रावधानहरु हटाएर संचारमैत्री बनाएर पास गर्नका लागि सम्बन्धित पक्षलाई यो सभा हार्दिक अनुरोध गर्दछ ।

४) श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि महासंघले संचालन गरेका आन्दोलनहरुलाई थप शसक्त बनाउँदै संवाद, दवाव र कानुनी उपचारमार्फत प्रभावकारी रुपमा अघि बढाउने प्रतिवद्धता गर्दै यो सभा महिला पत्रकारहरुको श्रम समस्या सम्बोधनमा विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।

५) श्रम समस्या दखिएका संचार गृहहरुमा श्रमजीवी पत्रकारहरुको अधिकार स्थापनाको लागि गरिएका धर्ना, माग र आन्दोलनहरु प्रति यो सभा हार्दिक ऐक्यवद्धता जाहेर गर्दछ ।

६) कोभिड–१९ का कारण मृत्यु भएका पत्रकारहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै यो सभा कोभिडका कारण बिरामी हुनुभएका सम्पूर्ण सञ्चारकर्मीहरुको स्वास्थ्य लाभको कामना गर्दछ । साथै कोभिडका कारण बेरोजगार भएका पत्रकारहरुलाई सहयोग गर्न र विमित पत्रकारहरुलाई बिमा रकम तत्काल भुक्तानी गर्न यो सभा जोडदार माग गर्दछ ।

७) ६० वर्ष नाघेका र २५ वर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय अग्रज पत्रकारहरुको विशेष कोभिड राहत उपलब्ध गराउन यो सभा माग गर्दछ ।

८) सूचना तथा प्रशारण विभागबाट प्राप्त हुने लोककल्याणकारी विज्ञापन प्रकाशित गरेवापत पत्रपत्रिकाले एक महिनादेखि पेश गर्नुपर्ने बिल पेश गर्न ढिला भएका कारण सबै पत्रपत्रिकाहरुको भुक्तानी तत्काल गर्नका लागि यो सभा माग गर्दछ ।

९) नेपाल पत्रकार महासंघले माग गरे बमोजिम समानुपातिक विज्ञापन प्रणाली लागु गर्न र समानुपातिक विज्ञापन प्रणाली लागु नहुञ्जेल स्थानीय र प्रदेशबाट उपलब्ध गराइने विज्ञापन सामाुपातिक ढंगले उपलब्ध गराउन यो सभा माग गर्दछ ।

१०) प्रेस पास जारी र नविकरणका लागि जिल्ला हुलाक कार्यालयलाई आवश्यक उपकरण दिएर उक्त कार्य अघि बढाउन र कोभिड–१९ को जोखिम न्यूनिकरणको वातावरण तत्काल मिलाउन यो सभा सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छ ।

११) यो सभा साना लगानीमा खोलिएका संचारमाध्यमलाई डेण्डर सूचना प्रकाशित गर्न पाउने गरी सार्वजनिक खरिद ऐन संशोधन गर्न आग्रह गर्दछ ।

१२) अनलाइन माध्यमले मूलधारको पत्रकारितामा स्थान बनाउँदै गएको सन्दर्भमा अनलाइन मिडियालाई अन्य मिडिया सरह सेवा सुविधा उपलब्ध गराउन यो सभा माग गर्दछ ।

१३) यो सभा काभ्रे जिल्लामा तिव्र गतिमा भईरहेका विकास कार्य प्रति सन्तोष व्यक्त गर्दै विकास निर्माणका कार्यलाई अझै प्रभावकारी र पारदर्शी बनाउन जिल्लाबाट निर्वाचित सांसद, स्थानीय सरकार र राजनीतिक दलहरुलाई हार्दिक आग्रह गर्दछ ।

१४) यो सभा तत्काल प्रदेशस्तरिय आम सञ्चार प्रशिक्षण प्रतिष्ठान गठनको माग गर्दछ ।

१५) पत्रकार भए वापत प्राप्त गर्ने हरेक सेवा सुविधाको लागि संघिय सरकार अन्र्तगत रहेको सूचना विभागको परिचय पत्रलाई मात्र आधिकारिकता दिने गरेकोमा सो व्यवस्थालाई संशोधन गरी प्रदेश सरकार संचार रजिष्ट्रारको कार्यालयबाट जारी गरेको परिचय पत्रलाई पनि मान्यता दिन यो सभा माग गर्दछ ।