काभ्रेमा पनि चक्लाबन्दी, कृषकको आकर्षण बढ्दो


बनेपा, नेपालका केहि जिल्लामा केहि बर्ष अघिदेखि शुरु गरिएको चक्लाबन्दी खेती काभ्रेका, पनि केहि पालिकामा शुरु गरिएको छ । परम्परागत रुपमा गरिदै आएको खेती प्रणाली लाई बिकसीत गर्दै जाने उदेश्यले गरा सुधार गर्दै चक्लाबन्दी खेती सुरु गरिएको हो ।

पुस्ता बढ्दै जाँदा टुक्रिएर साना साना बन्दै गएका जमिनलाई एकिकृत पार्दै सहज खेती प्रणालीको विकास गर्नु यसको मुलभूत उद्देश्य हो । चक्लाबन्दी खेती प्रणाली अनुरुप सर्वप्रथम त एउटा निश्चित क्षेत्रलाई रेखाङ्कन गरिन्छ । त्यस क्षेत्रमा रहेका किसानहरुबाट सबै टुक्रे जमिनलाई लिइन्छ र एक ढिक्का बनाइन्छ । यसरी एक ढिक्का बनाइसकेपछि किसानबाट टुक्रा कित्तामा लिएको जमिन सोहि अनुपातमा किसानलाई नै वितरण गरेर किसान स्वयंले कृषि कर्मलाई अगाडि बढाउने । वा, उक्त जमिनलाई सामुदायिक कृषि प्रणाली अनुरुप सामाजिक स्तरबाट भोग चलन गर्ने गरी खेती गर्ने गरिन्छ । व्यवस्थित र योजनाबद्ध भएर कृषि गर्दा आर्थिक आम्दानीमा उल्लेख्य वृद्धि ल्याऊने हुदा यो प्रणालीको प्रयोग दिनानुदिन बढ्दै गैरहेको छ ।
यो साल काभ्रेको पाँचखाल, मण्डनदेउपुर, धुलिखेल नगरपालिका र बेथानचोक गाँउपालिकामा यो कार्यक्रम सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण आलु सुपरजोन परियोजना काभ्रेका सचिव सुमन नेपालले जानकारी दिए । कार्यक्रम संञ्चालनका लागी परियोजनाले ५० प्रतिशत र बाँकी २५÷२५ प्रतिशत स्थानीय पालिका तथा कृषि सहकारीले सहकार्य गर्नु पर्नेछ । –नव क्षितिज साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्