काभ्रे (बनेपा) – जिल्लाको बनेपा नगरपालिका वडा नं ७ स्थित चारदोबाटोबाट एक लाख बराबारको आतिसबाजी पटका बरामद भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
चारदोबाटोमा रहेको दुई वटा पसलमा अबैध रुपमा विभिन्न किसिमका आतिसबाजी पटकाहरु बिक्री वितरण भइरहेको भन्ने सूचना इलाका प्रहरी कार्यालय बनेपालाई प्राप्त भएपछि खोजतलास गर्ने क्रममा उक्त सामाग्री बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।








