विविध नामाकरण सहितको महत्वपूर्ण चाड ः तिहार–प्रल्हाद दाहाल

हामीहरु विभिन्न पर्वहरु मनाउँछौं तर ती पर्वहरुको बारेमा खासै जानकारी राख्दैनौं । पर्वहरू मनाउँदा पर्वको उत्पत्ति, आसय, अवस्था र आधारलाई ध्यान दिएर मनाउँदा मात्र यिनीहरूको मौलिकता जोगिन्छ, बिकृति आउँदैन र यसले उचित लाभ प्रदान गर्न सक्दछ । सबैलाई आ—आफ्नै संस्कृति मन पर्छन् । संस्कृतिको सम्बन्ध सम्बन्धित भूगोल, प्रकृति, बसोवासको अवस्था, उत्पादन, स्रोत साधन आदिसँग हुन्छ । यी अवस्थाहरू विविध हुने भएकोले यसमा विविधता हुनु स्वभाविक हो । हाम्रा धर्म, संस्कृति र परम्परासँग जोडिएका चाडपर्वहरू निश्चित तिथि, घडि, पलामा आधारित छन् । त्यस कारण हाम्रा चाड पर्वको महत्व विशेष छ ।

सबै किसिमका चाड पर्वहरू एकैपटक लहडमा कसैको इच्छामा ह्वात्त बाहिर आएका होइनन् । चाडबाडका सार र स्वरूपलाई गहिरिएर हेर्दा खास प्रसंग र औचित्यका आधारमा विभिन्न दिनहरूलाई चाड पर्वका रूपमा सूचीबद्ध गरिएको देखिन्छ । यी पर्वहरू धर्मसँग, प्रकृतिसँग, संस्कृतिसँग, इतिहाससँग सम्बन्धित छन् । कतिपय पर्वहरू यस्ता पनि छन्, जसको इतिहास भेटिँदैन, तर परम्परादेखि मनाइँदै आइएको छ । सहजताको लागि केही विशेष प्रावधानहरू, प्रवन्धहरू पनि निर्धारित छन् । यिनीहरूको प्रारम्भ र समापनका विधि छन् । कतिपय विषय समय परिस्थितिले विगतमा जस्तै, जस्ताको तस्तै गर्न नसकिने हुनसक्दछ । तर यिनीहरूलाई परम्पराको नाममा यथास्थितिमा राख्न हुँदैन भने परिवर्तन र काल परिस्थितिको नाममा भड्किलो र भद्दा बनाउनु पनि उचित हुँदैन । कुनै पनि चाडपर्वलाई परम्परा मात्र धान्ने हिसाबले मनाउनुभन्दा यिनका खास पक्षलाई सामाजिक जीवन मूल्यसँग जोडेर विकास गर्ने गरी मनाउने गरियो भने सुन्दर र समयसापेक्ष संस्कृति विकसित हुनेछ । यस पक्षमा हामीले कमै ध्यान दिइएको पाइन्छ ।

दशै हाम्रो सबैभन्दा ठूलो चाड हो भने हाम्रो अर्को ठूलो चाड तिहार हो । तिहारलाई ‘दीपावली’मा साँघुरो पारिँदै गरेको देखिन्छ । दीपंआवली . दीपावली अर्थात् बत्तीहरूलाई लहर मिलाएर राखिने भनिएको हो । यस अवधिमा गरिने कर्म मध्ये यो त एउटा कर्म हो । यो पर्व कृष्णपक्षमा पर्दछ। पर्वलाई पर्वका रात्रीहरूलाई उज्यालो पार्न सुरुदेखि नै बत्ती बाल्नपर्ने भएकोले यी दिनहरूलाई एकमुष्ट रूपमा ‘दीपावली’ नै भन्ने पनि गरिएको छ । यद्यपि सिंगो पर्वको नामकरणको हिसाबले यो पर्वलाई दिपावली मात्र नभनी समग्र समेट्ने गरि नामाकरण हुँदा राम्रो हुनेछ । दीप—दीपहरूको, आवली—लस्कर (लहर) दीपावली हो । धेरै बत्ती लहर मिलाएर बाल्नु एउटा काम अवश्य हो । तर यो पर्वको नाम नै दीपावली भन्नुभन्दा पनि जुन दिन दिपावली गरिन्छ त्यही दिनलाई मात्र दिपावली भन्दा राम्रो हुन्छ । पौराणिक हिसाबले यो पर्व ‘यमपञ्चक’ हो । नेपाली विशिष्टतामा यो तिहार हो । क्रियाकलापका हिसाबले मनोरञ्जनका लागि तास खेल्ने, देउसिरे भैलो खेल्ने, टीका, माला लाउने, राम्रो लाउने, मीठो खाने आदि विषयहरू यसमा पर्दछन् । कुनै पनि पर्वको सम्बन्ध मानिसहरूको काम, व्यवसाय, साधनस्रोत र समयको उपलब्धता तथा औचित्य र व्यवस्थापनमा आधारित हुन्छ । हिन्दु समुदायका सबैले सबै गर्ने र मनाउने भए पनि प्रायः व्यापारी समुदायले लक्ष्मीपूजामा जोड दिने, किसानले गाईगोरू, काग, कुकुर पूजामा ध्यान दिने, चिकित्सा क्षेत्रकाले धन्वन्तरीको महत्वमा ध्यान दिने गरिएको पाइन्छ । भाषिक हिसाबले ‘त्यौहार’बाट बनेको जस्तो देखिने ‘तिहार’ नेपाली जनजिब्रोले उच्चारण गर्दछ । तिहार एक दिनको पर्व होइन । यो कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने अर्थपूर्ण महोत्सव हो । यी पाँच दिन शास्त्रीय मान्यतामा ‘यमपञ्चक’ हो । यसका अनेकौँ आयाम मध्येको एउटा हो । यी पाँच दिन मृत्युका देवता ‘यम’ आफ्नी बहिनी ‘यमुना’को घरमा आएर बसेका थिए । यति व्यस्त व्यक्तित्वले आफ्नी बहिनीको घरमा बसेर विदा मनाएको हुनाले यमसँग बहिनी खुसी भइन् र सबैलाई यसै गर्न शुभेच्छा प्रकट गरिन् । यो कुरा अत्यन्त भावनात्मक विषय हो । दाजु—बहिनी बीचको प्रेमको उदाहरण हो । यसबाट हामी आजका दाजुभाइ—दिदीबहिनीले प्रेरणा लिनुपर्छ । तर ‘यमपञ्चक’सँग यति मात्र सम्बन्ध होइन । यसका अन्य आयामहरू पनि छन् ।

तिहारका पाँच दिनलाई क्रमबद्ध रूपमा भन्नुपर्दा सबैभन्दा पहिला कागका गुणहरूको सम्मान गर्दै पुजा गरिन्छ । शास्त्रमा ‘वायसात् पञ्चशिक्षेत् — कागबाट पाँच कुरा सिक्नू’ भनिएको छ । काग तिहारकै दिन चिकित्सा क्षेत्रका मानिसहरू प्राचीन चिकित्सा प्रणालीका प्रणेता धन्वन्तरी जयन्ती मनाउँछन् । खास गरी आयुर्वेद क्षेत्रले आयुर्वेदका जनक (औषधिविज्ञानका प्रवर्तक) धन्वन्तरीको जन्मोत्सव मनाउने विषयसँग हाम्रो तिहारभित्र स्वास्थ्यको विषयले पनि महत्व पाएको देखिन्छ । तिहारको खानपान पूर्व नै मनाइने धन्वन्तरी जयन्तीलाई ध्यान दिनु भनेको स्वास्थ्यलाई ध्यान दिनुको अर्थमा सम्झन सक्दा सबैको हित हुनेछ । चतुर्दशीको दिन कुकुरको पूजा गरी कुकुर तिहार मनाइन्छ । शास्त्रमा ‘षट्शून— अर्थात् कुकुरबाट छ कुरा सिक्नू’ भनिएको छ ।
तिहारका दिनहरूमा सुरुदेखि नै पंक्तिबद्ध दीप बाल्ने प्रावधान छ । तर कात्तिक कृष्ण अमावस्याको रात सर्वाधिक अँध्यारो हुन्छ भन्ने मानिन्छ र यसलाई ‘सुखरात्री’ बनाउन थप दीपावली गरिन्छ । यस दिन बिहान गाईको पूजा गरिन्छ ।

गाईको पूजा गर्नु भनेको गाईका गुण—विशेषताहरूलाई उच्च महत्व दिनु हो । गाईका अनेकौँ राम्रा गुण विशेषताहरू छन् । दुध दिने, वृक्ष वनस्पति तथा अन्न उत्पादनका लागि आवश्यक मल मुत्र दिने, बाच्छा—बाच्छी दिएर गोवंश वृद्धि गर्ने आदि योगदानका कारण गाईलाई समृद्धिसँग जोडेर हेर्न सकिन्छ । गाईबाट प्राप्त हुने दुधजन्य परिकारहरू स्वास्थ्यको लागि हितकर हुने हुँदा गाईको थप महत्व छ । गाईको गोबरले लिपेको स्थान सफा र किटाणु रहित हुन्छ भन्ने मान्यता रहेको छ। गाईको मूत्र (गोमुत्र गहुँत )लाई पवित्रएवं स्वास्थ्यवद्र्धक मानिन्छ । गाई स्वस्थ तन, स्वच्छ मन, धन दिने पशु प्राणी हो । यसै दिन लक्ष्मीपूजा गरी समृद्धिका लागि, रात्री अर्थात् मानवीय प्रयत्नले अन्धकारलाई जित्ने गरी, उज्यालोले झकिझकाउ जीवनको प्रतीकका रूपमा धेरै दीपहरू बालिन्छ । यी विषयलाई मानिसको जीवनसँग जोडेर हेर्न र बुझ्न प्रयत्न गर्दा मात्र पर्वलाई संस्कृति बनाउन सकिन्छ ।
प्रतिपदाकोे दिन गोरुको पूजा गरिन्छ । मानिसको जीवनका लागि आवश्यक अन्नादि उत्पादनमा गोरुको भूमिकाको सम्मान नै वास्तवमा गोरु पूजाको अन्तर्वस्तु हो । त्यसै दिन गोवद्र्धन पर्वतको आकार बनाएर पूजा गर्ने प्रचलन पनि रहँदै आएको छ । यस विषयमा पौराणिक कथा पढ्न पाइन्छ । गोकुलमा रहेको गोवद्र्धन पर्वत जनसमुदायको एकताको बलमा इन्द्रको सेखी झार्न श्रीकृष्णले ‘कान्छी औँलाले’ उचालेको मानिन्छ । यसको तात्पर्य योजनाबद्ध कृषिकर्म (उत्पादनशील काम) र एकताबद्ध जनशक्तिले जस्तोसुकै शक्तिशालीलाई परास्त गर्न तथा असम्भव जस्तो लाग्ने काम सफल गर्न सकिन्छ भन्ने हो । हाम्रो समाजमा नेवार समुदायका मानिसहरूले यस अवसरमा ‘ह्म पूजा’ अर्थात् आत्मपूजा गर्ने परम्परा प्रचलित छ । यस्तो अन्यत्र कहीँ हुँदैन, यो पनि हाम्रो तिहारको मौलिक पक्ष हो । तिहारको सन्दर्भमा यसलाई पनि हामीले मौलिक सम्पदाको रूपमा लिन आवश्यक छ ।

तिहारको अन्तिम दिन अर्थात् यमपञ्चकको पाँचौँ दिन भातृ द्वितीया हो । यसलाई चलनचल्तीमा भाइटीका भनिन्छ । यस दिन दाजुभाई दिदीबहिनीले एकापसमा सप्तरङ्गी टीका माला लाउँछन् । दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिन्छन् । दिदीबहिनीले दाजुभाइलाई उपहार, मसला, गतिला खानेकुरा खुवाउने प्रचलन रहेको छ । यो दाजुभाइ र दिदीबहिनी बीचको अत्यन्त आत्मीय तथा सुमधुर सम्बन्धको पर्व हो । भाइ तिहार वा भाइटीका भनिंदा कतिपयमा बहिनी र दाजुको प्रसंग नभएको जस्तो देखिन्छ, तर त्यस्तो होइन । यस दिनलाई संस्कृत भाषामा ‘भातृ द्वितीया’ भनिन्छ र यसले दाजु र भाइ दुवैलाई बुझाउँछ । यस पर्वको मूलवस्तु यम र यमुना हुन् । यम दाजु र यमुना बहिनी हुन् । शास्त्रीय मान्यता अनुसार यम मृत्युको देवता हुन् । यमको गूढार्थ निषेधात्मक नियम हो । यस्तो नियम कठोर हुन्छ । त्यसैले शास्त्रहरूमा यम र नियम सँगसँगै प्रयोग हुँदै आएका शब्द पनि हुन् । यस अर्थमा यम भन्नाले गर्न नहुने विषय हो । जो यस प्रकार रहेको छ ः अहिंसा (हिंसा नगर्नु) अस्तेय (चोरी नगर्नु), ब्रह्मचर्य(इन्द्रियलाई छाडा नछोड्नु), अपरिग्रह (लोभी नहुनु) हुन् । त्यस्तै, नियम भन्नाले सत्य, शौच (स्वच्छ), सन्तोष, तपस (कठोर परिश्रम), स्वाध्याय (नियमित अध्ययन), ईश्वरप्रणिधान (ईश्वरप्रति समर्पण) आदि भनिएको छ । ‘दीपावली’ले यी सन्देश दिँदैनन् । हुन त शास्त्रहरूका आ—आफ्नै कालखण्ड भएको हुनाले सबैमा मतैक्यता पाइँदैन ।

परम्परा पनि ठ्याक्कै मिल्छ भन्ने छैन । कठोरता, सहजता पनि समय सापेक्ष भएका छन् । तथापि, शास्त्रीय मान्यता अनुसारका चाडपर्वहरूले जीवनका सबै पक्ष समेटेका हुन्छन्। तिहार वा यमपञ्चक जीवनका धेरै पक्ष समेटिएको विशिष्ठ पर्व भन्नु सान्दर्भिक हुन्छ । परिश्रम, पराक्रम, उत्पादन, प्रेम, आफु स्वयं र स्वास्थ्य, सद्भावको माध्यमबाट सबैका गुण बटुल्ने र गुणहरूको सम्मान गर्ने अनि जीवन उजेल्ने पर्व नै तिहार हो ।
नोटः यसका केही तथ्यगत कुराहरु घनश्याम कोइरालाज्युको लेखबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्