अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
काभ्रेपलान्चोक – काभ्रे जिल्लामा धेरै युवा क्लब , संघ संस्था र संगठनहरु रहेका छन । प्राय सबै युवा संगठन , क्लब , संघ संस्थाहरुको उदेश्य पनि झण्डै एउटै एउटै हुन्छ । सबैले आ आफ्नो गाउँ ठाउँको बिकासमा उल्लेखनीय भुमिका खेल्ने , आफ्नो ठाउँमा रहेका दुखी गरिब जनताहरु लाई सहयोग गर्ने, बोल्न नसक्ने ब्यक्तिहरुको आवाज लिएर अगाडि बढने देश समृद्धिको लागि महत्त्व भुमिका निर्वाह गर्ने आदि उदेश्यले खोलीएका हुन्छन् ।
यसरी खोलीएका युवा संगठन , क्लब , संघ संस्थाहरु धेरैले अहिलेको समयमा राम्रै काम गरेको देख्न पाइन्छ भने केही संघ संगठनहरु गठनमा मात्रै सिमित हुने गरेको पाइन्छ पछिल्लो समयमा काभ्रे जिल्लामै दुई तीन वटा युवा संगठन , मञ्च, संस्थाहरुले निकै उदाहरणीय कार्य गरेर निकै चर्चा समेत आए । पनौती युवा मञ्च , काभ्रे युवा क्लब , लायकु युवा क्लब यी तीन वटा क्लबले पछिल्लो समयमा काभ्रेमा निकै चर्चा कमाए ।
कुनै क्लबले काभ्रे जिल्ला फुट बैंकको स्थापन गरे भने कसैले लकडाउन भरी निशुल्क खाना खुवाए , औसधि वितरण जता कार्य गरेर चर्चा कमाए जिल्लामा धेरै वटा छन क्लब संस्थाहरु तर खासै अरुले केही काम गरेको देखीएन । काभ्रे जिल्लाको दुर्गम स्थान कोशिपारीको भुम्लु गाउँपालिका वडा नं ४ का युवाहरु पनि यति बेला जुर्मुरायका छन ।
वडा ४ का युवाहरुले पनि आफ्नो गाउँ ठाउँको बिकास गर्ने र सम्बन्धित निकाय लाई खबरदारी गर्ने उदेश्यले “गडी डाडा युवा क्लब” गठन गरेका छ्न उनीहरुले आज एक कार्यक्रम बीच गठन सम्पन्न गरेका हुन ।
सुजन लामाको अध्यक्षतामा “गडी डाडा युवा क्लब” गठन गरिएको छ । आफ्नो गाउँ आफै बनाउँ भन्ने उदेश्यले जिल्लाको भुम्लु गाउँपालिका चौबास ४ का युवाहरुको सहभागीमा गडि डाडा युवा क्लब गठन भएको हो । उक्त क्लबले आफ्नो ठाउँको समग्र बिकासका लागि सामाज सेवा लगायत अन्य विभिन्न सामाजिक कार्य गर्ने उदेश्यले उक्त क्लब गठन भएको अध्यक्ष लामाले जानकारी दिए ।
आज शनिबार काठमाडौमा भएको भेलाले १३ सदस्सीय कार्यसमिति जसमा सुर्य लामा उपाध्यक्ष, सचिबमा सुक दोर्जे तामाङ, सह-सचिबमा सुसन लामा तामाङ, कोषाध्यक्षमा सोना लामा चयन भएका छन ।
त्यसैगरी, सदस्यहरुमा कुमार लामा, राजेन्द्र चौलागाईं, रमेश पहरी, रेशम पहरी, सुजिनी बम्जन, बाबुलाल तामाङ, इन्दरी तामाङ र राम बहादुर तामाङ चयन भएका छन् । अब के यो युवा क्लबले कोशिपारिको समग्र बिकासमा उल्लेखनीय भुमिका खेल्ला त ? धेरै संघ संगठनले काम नगरेको अवस्थामा यस युवा क्लबले जिल्ला नै नाम राख्न सफल होस । हाम्रो मिडिया नव क्षितिज साप्ताहिक , राम्रो सन्देश डट कम , पावर न्यूज र कोशिपारी अनलाइन न्युजको तर्फबाट सफलताको शुभकामना दिन चाहान्छौ ।








