दशैलाई लक्षित गर्दै लायकु क्लब बनेपाको घरदैलो राहत वितरण


काभ्रेपलान्चोक – लायकु क्लब बनेपाले दशैलाई लक्षित गर्दै घरदैलो राहत वितरण कार्य आज बाट सुरु गरेको छ । बृद्ध ,एकल ,अपांग ,काम गरेर परिवारको जिबिका चलाउन असर्मथ परिवारहरुलाई मध्यनजर गरि बडा दशैमा ती परिवतिको लागी केही सहज होस भनेर दशै राहत प्याकेज संचालन गरेको लायकु क्लबका अध्यक्ष बिक्रम प्रजापतिले जानकारी दिनु भयो ।

राहत प्याकेजमा २५ किलो चामल ,२ किलो दाल, ५ किलो आंटा, ५ किलो चिउरा,१ धार्नी आलु ,२ लिटर तेल,१ किलो चिनी,१ बाकस चाउचाउ ,१ किलो दालमोठ,१ प्याकेट बिस्कुट ,१ प्याकेट मस्यौरा,र साबुन वितरण गरेको लायकु क्लबका जुनियर अध्यक्ष अनिश प्रजापतिले राम्रो सन्देश लाई जानकारी दिनु भयो ।

क्लबले पहिले देखी नै फुड बैंक संचालन गरेको थियो भने अहिले आएर नेपालीहरुको महान पर्व दशै लाई लक्षित गरि सबैले हर्ष उल्लासका साथमा बडा दशै मनाउनु भन्ने उदेश्यले ती परिवार लाई घर घरमा गएर राहत वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्