सांसद लम्सालद्वारा खरेलथोक–कोशीदेखा–कालिन्जौर सडक बिस्तारको अनुगमन


 

काभ्रे – जिल्लास्थित खरेलथोक–कोशीदेखा–कालिन्जौर सडक खण्ड धमाधम बिस्तार भइरहेको छ । विगत दुई वर्षदेखि रोकिएको बिस्तार कार्यले पुनः तिब्रता पाएको छ ।

बागमती प्रदेश सभा सदस्य सांसद लक्षमण लम्सालको पहलमा उक्त कार्य पुनः अगाडी बढेको हो । सांसद लम्सालकै पहलमा प्रदेश सरकारबाट उक्त सडक खण्ड बिस्तारको लागि ९ करोड बजेट बिनियोजन भएको थियो ।

आज (बिहीबार) उक्त सडक बिस्तार कार्यको अवलोकलन गर्दै सांसद लम्सालले भने, ‘विकास एकैचोटी सम्भव हुदैँन, बिस्तारै हुने प्रक्रिया हो । विकाससँग जनतालाई जोड्ने क्रमलाई निरंतरता दिइरहनेछौँ । बहुवर्षीय योजना अन्र्तगतको यस सडक बिस्तार कार्यलाई निरन्तर रुपमा अगाडी बढाइनेछ । पुस मसान्तभित्र यस सडक बिस्तार कार्य सम्पन्न हुनेछ ।’

अहिले उक्त सडक खण्डअन्र्तगत ५ किलोमिटर सडक पिच हुने उनले योजना सुनाए । उक्त योजना सुनेपछि स्थानीय प्रकाश तामाङले खुशी व्यक्त गर्दै भने, ‘सडक पिच हुने भएपछि आवतजावतमा धेरै सहज हुने भयो । बाटो बिस्तार हुने भएपछि लामो समयपछि यहाँका स्थानीयमा खुशी छाएको छ ।’ जनताको अपेक्षा अनुसारको विकासका कार्य अगाडी ल्याएकोमा स्थानीय हर्षित भएका छन् । ‘पहिले सडकमा खल्डाखुल्डी भएकाले जोखिम मोलेरै यात्रा गर्नुपथ्र्यो, अर्का स्थानीय प्रेम बहादुर तामाङले भने, ‘अब अहिले सडक पिच हुदैँछ । यात्रा गर्दा सुरक्षित महशुस हुने आशा गरेका छौँ ।’ उक्त कार्यको लागि प्रकाशले प्रदेश सरकारलाई ध्यवाद व्यक्त गरे ।

सडक निमार्ण तथा बिस्तार कार्यको अनुगमन तथा अवलोकन प्रकाश ब्लोन, राजमान तामाङ, निर्माण व्यवसायी बिजय तामाङ, पुरुषोत्तम आचार्य, कुमार घोरासैनी, सन्तोष भेटवाल, कृष्ण प्रसाद आचार्य, सुन्दर पराजुली लगायतको अनुगमन टोलीले आज (बिहीबार) गरेको थियो । देश संघीय संरचनामा जानु अघि २०७२/०७३मा उक्त सडक बिस्तार एवं निर्माण कार्य सुरु भएको थियो । विभिन्न कारणले गर्दा उक्त सडक बिस्तार रोकिएको थियो ।

तस्बिरहरु :

 

प्रतिक्रिया दिनुहोस्