मण्डनदेउपुरको सेवा अनिश्चितकालिन बन्द


 कोभिड–१९ को संक्रमण बढ्न थालेपछि मण्डनदेउपुर नगरपालिकाबाट प्रवाह हुँदै आएका सेवाहरु बन्द गरिएको छ । नगरपालिकाले आज बिहानै सूचना जारी गरेर सेवा बन्द गरिएको जानकारी दिइएको हो ।

मण्डनदेउपुर नगरपालिकाले नगरपालिले अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिका कार्यालय, वडा कार्यालयहरू, विद्यालय, संघसंस्थाहरु लगायत अत्यावश्यक सेवा बाहेकका सबै क्षेत्र बन्द गरेको हो ।

यसैगरी धुलिखेल नगरपालिकाले विद्यालयमा हुँदै आएको पठनपाठनकार्य बन्द गर्न सूचना जारी गरेको छ । पछिल्ला दिनहरुमा विद्यालयहरू नियमित सञ्चालन हुन थालेको र संक्रमण फैलिन क्रम पनि बढेकाले प्रत्यक्ष रुपमा सञ्चालन हुँदै आएका विद्यालयहरुको पठनपाठनकार्य बन्द गराएको हो ।


 

प्रतिक्रिया दिनुहोस्