लायकु क्लब बनेपाको (food bank) कार्यक्रम अब दुखीको घर घरमा पुग्ने


 काभ्रेपलान्चोक – लकडाउनमा कोहिपनि भोकै बस्नु नपरोस् भन्ने उदेश्यका साथ लायकु क्लब बनेपाले फुड बैंक संचालनमा ल्याएको थियो हुनेले खाना दिएर जाऔं र नहुनेले खाना लिएर जाऔँ भन्ने नाराका साथ लायकु क्लब बनेपाले फुड बैंक संचालनमा ल्याएको हो ।

काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्दुली जिल्लाको साथ साथै तराईका विभिन्न जिल्ला र बनेपामा बसोबास गर्दै आएका झण्डै ५०० जना लाई राहत वितरण गरेको लायकु जुनियर क्लबका अध्यक्ष अनिष प्रजापतिले जानकारी दिए ।

(Food bank) राहत वितरण कार्यक्रममा दैनिकी क्लबका ४० जना सदस्य भन्दा धेरै उपस्थित भएर उक्त कार्यक्रम संचालन गरेको लायकु जुनियर क्लबका उपाध्यक्ष राम प्रजापतिले बताए । असोज १५ गते बाट दयनीय अवस्था रहेको परिवारहरु लाई घर घरमा राहत वितरण गर्ने लायकु क्लबका कोषाध्यक्ष अनिल कुमार बादेले जानकारी दिनु भयो ।

लायकु क्लब बनेपाले आफ्नै क्लब अगाडि लायकु चौरमा दाल, चामल, नुन, तेल ,चिनी , साबुन, बिस्कुट, चाउचाउ र सोयाबिन राखीएको थियो निम्न आय भएका दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवारलाई कोरोना संक्रमणका कारण भएको लकडाउन समस्यामा परेपछि कोहिपनि भोकै बस्नु नपरोस् भनेर लायकु क्लब बनेपाले यस्तो अभियान संचालन गरेको लायकु क्लब बनेपाका अध्यक्ष बिक्रम प्रजापतिले बताए ।

लायकु क्लबले स्थापना गरेको (food bank) राहत वितरण कार्यक्रमको लागि हाल सम्म २७ जना ब्यक्तिहरु बाट आर्थिक तथा सर-सामान उपलब्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्