काभ्रेमा आज पनि १५ जना संक्रमित थपिए, निको भएको संख्या १३


धुलिखेल । काभ्रेमा आज (मंगलबार) १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा। नरेन्द्रकुमार झाका अनुसार आज पुष्टि भएको संक्रमितहरुमा पनौती नगरपालिकाका १ पुरुष र १ महिला, बनेपा नगरपालिकाका ३ महिला र २ पुरुष र पाँचखाल नगरपालिकाका ३ पुरुष र ५ महिला रहेका छन् ।

यससँगै काभ्रेमा संक्रमित संख्या ६ सय ३० पुगेको छ । जसमा महिला २ सय २४ जना र पुरुष ४ सय ६ जना रहेका छन् । निको भैसकेका संख्या जम्मा ४ सय १९ रहेका छन् । जसमा महिला १ सय ६३ जना र पुरुष २ सय ५६ जना रहेका छन् ।

त्यसैगरि काभ्रेमा सक्रिय संक्रमित संख्या २ सय ५ जना रहेका छन् । जसमा महिला ५५ जना र पुरुष १५० जना रहेका छन् । सक्रिय संक्रमितहरु मध्य १ सय २८ जना अस्पतालको आइसोलेशनमा र ७७ जना होम आइसोलेशनमा रहेका छन् ।
त्यसैगरि हालसम्म काभ्रे भन्दा बाहिर अस्पताल आइसोलेशनमा १० पुरुष र २ महिला र होम आइसोलेशनमा ३ महिला गरी १५ जना रहेका छन् ।

काभ्रे जिल्लामा कोरोना संक्रमणबाट ५ पुरुष र ५ महिला गरी १० जनाको मृत्यु भएको छ भने जसमध्ये ३ पुरुष र १ महिला अन्य जिल्लाका रहेका छन् ।

आज निको भई डिस्चार्ज भएको संख्या १३ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्