दशंै अगावै मन्त्रिपरिषद पुनर्गठन हुने


काठमाडौ,नेपाल कम्युनिस्ट पार्टी (नेकपां) को हिजोको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको छ । पेरिसडाँडामा बसेको बैठकले सरकारको काम कारवाहीलाई थप प्रभावकारी बनाउने गरी मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल गरेको हो ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिले सरकारले गरिरहेको काममा थप प्रभावकारी बनाउने गरी मन्त्रिपरिषद पुनर्गठनको कुरा भएको छ, त्यसको ठोस खाका बन्न बाँकी छ । अर्को बैठक आज दिउँसो १ बजे पेरिसडाँडामै बस्ने छ । स्थायी कमिटी र केन्द्रीय कमिटीमा रिक्त रहेको स्थानमा पदपूर्ति गर्ने, यसअघि भएको केही कारवाहीका निर्णय बारेमा समेत छलफल भएको छ ।
बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनका लागि तीन विकल्प पेश गरेको बताईएको छ । जसमा अहिलेका सबै मन्त्रीलाई हटाउने, सुरुमा मन्त्री भएकाहरुलाई हटाउने वा केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने छ । बैठकमा अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अधिकांश नेताले सबै मन्त्रीलाई एकसाथ हटाउन नहुने धारणा राखेका थिए ।
वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, नारायणकाजी श्रेष्ठ प्रकाशलगायतले पनि सबैलाई हटाउनुभन्दा राम्रा काम गरेका र योग्यलाई निरन्तरता दिनुपर्ने बताएका छन् । यो बाट मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का भएको हो । तर सबै मन्त्री भने हट्ने देखिएको छैन । कोको हट्ने, कोको मन्त्री बन्ने भन्ने टुंगिन बाँकी छ । –नव क्षितिज साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्