भुम्लु गाउँपालिकाका २५ स्थानमा हातधुने स्टेशन


दोलालघाट, काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाका २५ ओटा स्थानमा हात धुने स्टेशन स्थापना गरिएको छ । भुम्लु गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, खोप केन्द्रमा हातले नछोई खुट्टाको प्रयोगले हातधुने स्टेशनको स्टेशनको स्थापना गरिएको हो ।
भुम्लु गाउँपालिका कार्यालयसँगको समन्वयमा, वाटरएड नेपालको सहयोगमा स्थानीय कार्यान्वयन साझेदार सिविक फोरमले संचालन गरेको एचबिसिसी परियोजना अन्तरगत गाउँपालिका कार्यालय, वडा कार्यालयहरु र स्वास्थ्य संस्थाहरुमा हातले नछोई खुट्टाको प्रयोगले हातधुने स्टेशनको स्थापना गरेको हो ।
भुम्लु गाउँपालिका, वडा नं।८ स्थित भुम्लुटार स्वास्थ्य चौकीमा स्थापना भएको हातले नछोई खुट्टाको प्रयोगले हातधुने स्टेशनको उद्घाटन गाउँपालिकाको अध्यक्ष गुमानध्वज कुँवरले गर्नुभयो । उहाँले गाउँपालिकाको अत्यावश्यक ठाउँहरुमा राखिएको स्टेशनले धेरैभन्दा धेरैले फाइदा लिने बताउनुभयो । उहाँले कोरोनाको कहरमा यस्ता स्टेशनवाट कोरोना फैलन जोगाउने बताउनुभयो ।
उहाँले स्थानीय तह भुम्लु गाउँपालिका गैरसरकारी संस्थाहरुसँग निरन्तर समन्वयमा अघि बढ्ने बताउँदै आगामी दिनमा समेत विकासका कार्यहरुमा निरन्तर साथसाथै अघि बढ्ने भन्नुभयो ।
स्वास्थ्य सेवा विभागको जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठ ज्यूको विशेष आतिथ्यता र वाटरएड परियोजनाको टिम लिडर श्री डा।खकिन्द्र भण्डारी सो कार्यक्रममा सहभागि हुनु भएको थियो । कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत मदनकुमार बजगाई, लक्ष्मी मरासिनी, नसिङ्ग अधिकृत, स्वास्थ्य सेवाविभाग, सुर्दशन भट्टराई, स्वास्थ्यशाखाप्रमुख, भुम्लु गाउँपालिका, सुनिता खरेल, ईन्चार्ज, भुम्लुटार स्वास्थ्यचौकी, सोनु कुमार शाह, प्राविधिक व्यवस्थापक, , वाटरएड नेपाल, मनि कर्माचार्य, वरिष्ठ सञ्चार अधिकृत, वाटरएड नेपाल, भलककुमार दर्लामी, वसन्तकुँवर, अशिष सापकोटा र रिकेश विश्वकर्माको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्