बनेपा  – काभ्रेका एक पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । लामो समयदेखि बनेपामा रहेर पत्रकारिता गर्दै आएका ती पत्रकार लाई कोरोना संक्रमणको पुष्ठि भएको हो ।

४३ बर्षिय संक्रमित पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । संक्रमित पत्रकार काठमाडौंमा स्थित होम आइसोलेसनमै रहनु भएको छ ।