काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नं ३ तिनघरेमा घाँस काट्ने क्रममा सुख्खा पहिरो आई घाँस काटिरहेकि मैयाँ बजगाई बेपत्ता भएकि छन्।

घाँस काट्नको लागि काक्रे बाट तिनघरेमा गएको र घाँस काट्दा काट्दै पहिरो आएर बेपत्ता भएको प्रत्यक्ष दर्शिले बताएका छन्।

नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको सहभागितामा उक्त हरायकी महिलाको उद्धार कार्य जारी रहेकोे छ । तिन दिन बितिसक्दा पनि अझै भेटिएको छैन ।