काभ्रेपलान्चोक – जिल्लामा आज शनिबार एकै दिन ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बनेपा नगरपालिका वडा १३ मा रहेको स्पाईनल इन्जुरी अस्पताल बनेपामा २३ र धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्पाईनल इन्जुरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी कर्मचारी, विरामी समेत गरी २३ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले राम्रो सन्देश लाई जानकारी दिएको छ ।

जिल्लामा संक्रमण हुनेहरुको संख्या १ सय ३९ पुगेको छ ।